१५ बैशाख २०८१, शनिबार

उच्च प्रदुषित शहरको सूचीमा काठमाडौँ , ‘एक्युआई’को मात्र घातक उन्मूख

kathmandu polutaion

टन्टलापुर घाम लाग्नुपर्ने चैत्र महिनामा केहि दिन यताको मौसम धुम्म परेको छ । उपत्यकासँगै देशका अधिकांश भु–भाग बाक्लो तुँवालोले ढाकेको छ । कहिलेदेखि आउँछ त मौसममा सुधार ? विगत केहि दिन यता काठमाडौ उपत्यकासँगै देशका अधिकांश भु–भुभाग बाक्लो तुँवालोले ढाकेको छ ।

टन्टलापुर घाम लाग्नुपर्ने अहिलेको मौसम दिनभर नै धुम्मिएको अवस्थामा छ । देशको पूर्व र मध्यक्षेत्रमा तुँवालोको मात्र अझ बढी भएको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यका सहित यी क्षेत्रहरुमा धूँवा र धुलोको मात्र बढ्नु तर वर्षा नहुनु र हावाहुरी पनि नचल्दा तुँवालोको मात्र बढेको हो ।

पानी परेन वा ठुलो हावाहुरी नचलेसम्म तुँवाले हट्ने छैन । यो अवधिमा केहि छिटपुट वर्षा हुने सम्भावना भए पनि तत्काल यो तुँवाले नहट्ने मौसमविदको आँकलन छ । मौसममा देखिएको परिवर्तनसँगै वायु प्रदुषण ह्वात्तै बढेको छ । भौगोलिक बनावटका कारण काठमाडौं उपत्यका वायु प्रदुषणबाट बढि प्रभावित छ । मौसमी अवस्थाका कारण प्रदुषित हावा उपत्यकाभित्र नै ठप्प भएर निस्कन पाएको छैन ।

केहि दिनयता उपत्यकासँगै देशका शहरी क्षेत्रमा वायुमण्डलमा वायुको गुणस्तर सूचकांक एक्युआईको मात्र १ सय ५० नाघ्दै २ सय को हाराहारीमा पुगेको छ । एक्युआई जति बढ्दै गयो उति घातक मानिन्छ । उपत्यकामा वायु प्रदुषणको तह घातक उन्मूख छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक्युआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ ।

सवारीसाधनबाट अनियन्त्रित धूँवा, इँटाभट्टा प्रयोग हुने समय बढी, अत्याधिक डढेलो लाग्ने, फोहोर जलाउँने साथै अन्य पूर्वाधार निर्माणको गतिविधि बढी हुने हुँदा प्रदुषणको मात्रा ह्वात्तै बढेको र अझ बढ्न सक्ने वातावणविद्हरुको बुझाई छ ।

प्रदुषण नियन्त्रण तर्फ सरकारी उदासिनता र वातावरण क्षेत्रमा काम गर्ने निकायहरु पनि प्रदुषणप्रति ध्यान नदिँदा अवस्था हरेक वर्ष थप विकराल बन्दै गएको उनीहरुको तर्क छ । मानव स्वास्थ्यका दृष्टिकोणले वायु प्रदुषणको जटिलता अनेकन छ । यसले निरोगीलाई रोगी बनाउने र रोगीलाई थप पिडा दिने निश्चित छ । स्वास्थ्यकर्मीहरुले यसतर्फ सचेत गराएकै छन् ।

तर आफ्नो दैनिकी गुजार्न सडक छेउमा काम गर्ने मजदुर, साना व्यापारी, पैदलयात्री र साइकल–मोटरसाइकलमा दौडधूप गर्ने सर्वसाधरण अझ जोखिममा छन । अहिलेको अवस्थामा सकेसम्म घर वाहिर ननिस्कन र निस्नै परे पनि मास्कको प्रयोग गर्न विज्ञहरुको सुझाव छ ।