६ बैशाख २०८१, बिहीबार

गाउँ नै शोकमा चार बालकको निधनपछि

mritue

धनुषामा मोटरसाइकल दुर्घटनामा परेर सवैला नगरपालिका–२ का चार जना बालकको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ ।

सोमवार करिब ८ बजेको समयमा धनुषाको सवैला नगरपालिका–१२ रघुनाथ पुरको नहर चौकदेखि बरकुर्वाको बिच सडक खण्डमा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी चार बालकको निधन भएपछि सिङ्गो गाउँ नै शोकमा डुबेको हो ।

दुर्घटनामा पाँच जना गम्भीर घाइते भएकोमा उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा चार बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एउटै मोटरसाइकलमा पाँच जना किशोरहरू सवार भएकाले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उमेर नपुगेका तथा चालक अनुमति पत्र पनि नभएका किशोरहरूले अत्यधिक गतिमा गुडाएका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।