११ बैशाख २०८१, मंगलवार

चितवन प्रशासनको इजाजतप्राप्त हातहतियार चैत मसान्तभित्र बुझाउन आग्रह

chitwan prasasan

जिल्ला प्रशासन कार्यालय चितवनले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह गरेको छ ।

आज (मंगलबार) सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजतप्राप्त हातहतियारहरु २०७८ चैत मसान्तसम्म बुझाउन आग्रह गरेको हो ।

जिल्लाभित्र रहेका हातहतियारहरु नजिकको प्रहरी इकाइमा बुझाउन हातहतियार धनीलाई अनुरोध गर्ने चैत १० गते केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरेको थियो ।

मंगलबार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार इजाजतप्राप्त हातहतियारहरु निर्वाचनपश्चात फिर्ता हुनेगरी चैत मसान्तभित्र नजिकको प्रहरी इकाइमा बुझाउन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

चितवनमा १४१ इजाजत प्राप्त हातहतियारमध्ये २७ वटाको नविकरण भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका नायव सुब्बा विश्वास श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा २७ वटाको नविकरण भएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा व्यक्ति तथा संस्थागत गरी ४८ जनाले नविकरण गरेका थिए । हतियार नविकरणको अवधि दुई वर्ष रहेको छ । प्राय नविकरणको लागि आउने हातहतियार २२ बोरको रहेको नासु श्रेष्ठले बताउनुभयो ।