४ जेष्ठ २०८१, शुक्रबार

उदयपुरको भुल्के कोरोना हटस्पट, समुदाय स्तरमा कोरोना संक्रमण, ४२ संक्रमित (सूचीसहित)

corona nepal

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

विश्व महामारी बनेको कोरोना भाइरसका संक्रमित नेपालमा ह्वात्तै बढेका छन् । पछिल्लो एक हप्ताभित्र संक्रमित संख्या दोब्बर बढेको छ । मंगलबार थप ११ जना संक्रमित थपिएपछि संक्रमित संख्या ४२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यी सबै संक्रमित उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रका वासिन्दा हुन् ।

भुल्केको मस्जिदमा रहेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा कोरोना संक्रमण भएको वैशाख ५ गते पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुल संक्रमितमध्ये २४ जना त्रियुगा नगरपालिका भुल्केकै छन् । अर्थात कोरोनाका लागि भुल्के हटस्पट बनेको छ र, त्यहीँ कोरोनाको संक्रमण समुदाय स्तरमा पुगेको पाइएको छ ।

१२ जना जमातीमा देखिएको संक्रमण धेरै स्थानीयमा सरेको पाइएकाले कोरोना संक्रमण समुदायस्तरमा पुगेको मान्नुपर्ने जनस्वास्थ्यविद् डा. अनुप सुवेदी बताउँछन् । उनले भने, ‘आयातीत कोरोना परिवारको एकाध सदस्यमा मात्र सरेको भए लोकल ट्रान्समिसन (स्थानीयस्तरमा संक्रमण) भन्न सकिन्यो । त्यहाँ त फरक फरक परिवारको धेरै संक्रमित पाइएकाले कम्युनिटी लेभलको ट्रान्समिसन (समुदायस्तरको संक्रमण) मान्नुपर्छ ।’

यद्यपि सरकारले अहिले नै कोरोना संक्रमण तेस्रो चरणमा पुगेको घोषणा गरेको छैन ।

संक्रमितमध्ये ३८ जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् । ४ जना नीको भई घर फर्किइसकेका छन् । सबैभन्दा बढी कोशी अस्पतालमा उपचाररत छन् । त्यहाँ २४ संक्रमित उपचाररत छन् । ४ जना नारायणी अस्पताल वीरगञ्ज, ४ जना सेती अस्पताल, २ जना पाटन, २ जना चितवनको भरतपुर, १ जना टेकु, १ जना धौलागिरी अस्पतालमा उपचाररत छन् ।

संक्रमितहरुको विवरण
१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा धौलागिरी अस्पतालबाट डिस्चार्ज
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपाकिलामा १ वैशाखमा पत्ता लागेको
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
२९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, ५ वैशाखमा पत्ता लागेको
३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको
३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत
३२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, ९ वैशाखमा पत्ता लागेको
३३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, ९ वैशाखमा पत्ता लागेको
३४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, ९ वैशाखमा पत्ता लागेको
३५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, ९ वैशाखमा पत्ता लागेको
३६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, ९ वैशाखमा पत्ता लागेको
३७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, ९ वैशाखमा पत्ता लागेको
३८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, ९ वैशाखमा पत्ता लागेको
३९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, ९ वैशाखमा पत्ता लागेको
४०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, ९ वैशाखमा पत्ता लागेको
४१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
४२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको