२४ बैशाख २०८१, सोमबार

Update : उदयपुरका थप ८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ४२ पुग्यो

corona nepal

उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

मंगलबार पत्रकार सम्मेलनमार्फत् उदयपुरका एक ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिईएको थियो ।

यसैबीच उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यहाँको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि ल्याइएकोमा ८ जनाको रिपोर्ट शंकास्पद आएको थियो । लगत्तै उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको थियो ।

उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको विराटनगरको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

यो संख्या थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

हालसम्म नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ४ जना (टेकु अस्पतालबाट दुईजना, बाग्लुङस्थित धौलागिरि अस्पतालबाट एक जना र कैलालीस्थित सेती अस्पतालबाट एक जना) उपचार पछि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

corona 1 1