८ बैशाख २०८१, शनिबार

महिना दिन बितिसकेको रुस–युक्रेन युद्ध जारी, भारत मौनता देखेर अमेरिका असन्तुष्ट

modi putin biden

महिना दिन बितिसकेको रुस–युक्रेन युद्ध आज पनि जारी नै छ । युद्धलाई लिएर अधिकांश राष्ट्रहरुले रुसको निन्दा गर्दै आईरहेका छन् । युरोपका अधिकांश देशले त रुसलाई प्रतिबन्ध समेत लागाएका छन् ।

त्यस्तोमा नेपालका दुई छिमेकी मुलुक भारत र चीन भने रुसको पक्षमा देखिएको छ । चीन त रुसको पक्षमा हुनु सामान्य नै भए पनि भारत रुसको पक्षमा उभिदा भने अमेरिकी लगायतका अन्य राष्ट्रहरु पनि आश्चर्यमा परेका छन् ।

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले यूएनएससीमा भनेका छन्,‘ हामी संयुक्त राष्ट्र संघमा सावधानीपूर्वक र यस्तो दृष्टिकोण राख्छौ, जुन विचारमा आधारित हुनेछ । हामी निन्दा प्रस्तावमा विचार गर्नेछौ, तर आफ्नो हित हेरेर फैसला गर्नेछौँ ।’

भारतको यस्तो भनाईले विशेषत अमेरिका चिन्तित रहेको पछिल्ला केही गतिविधिले स्प्रष्ट पार्छ । ह्वाइट हाउसको सुरक्षा परिषद्मा हिन्द–प्रशान्तका निर्देशक मिरा ¥याप हुपरले भारतलाई आफ्नो साथमा ल्याउने प्रयास भइरहेको बताइन् ।

विदेश सचिव हर्षवर्धनका श्रृङ्गालको अभिव्यक्तिपछि यसै साता जो बाइडेन प्रशासनको एक शीर्ष कुटनीतिज्ञ भिक्टोरिया नुल्यान्डले नयाँ दिल्लीमा उनीसँग भेटघाट गरेकी थिइन् । भेटघाटको क्रममा युक्रेनको स्थितिलाई लिएर कुराकानी भएको थियो । यूएनमा भारतले भोटिङमा गरेको अस्विकारप्रति असन्तुष्टि व्यक्त गर्दै अमेरिकाले लगातार कुटनीतिको माध्यमबाट भारतलाई साथमा ल्याउने प्रयास गरिरहेको छ ।

भारत युक्रेनमा रुसको हमलाको निन्दा गर्ने सबै प्रस्तावको मतदानमा यूएनएससीमा अनुपस्थित रहँदै आएको छ । भारतका साथै चीन र यूएईले पनि मतदानमा हिस्सा लिएका छैनन् ।