१३ बैशाख २०८१, बिहीबार

टुंगो लगाउदै कांग्रेसले गठबन्धन गर्ने वा नगर्ने बारे

congress

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकले चुनावमा गठबन्धन गर्ने वा नगर्ने बारे टुंगो लगाउने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार शुरु भएको हो। । केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने नगर्ने पक्षमा विभाजित छन् ।

बैठकमा धारणा राख्ने नेताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्नेमा जोड दिएका छन् । चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा स्पष्ट दुई धार छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गरेर चुनावमा जाने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । तर संस्थापन इतर समूहका नेताहरु भने चुनावी तालमेलको विपक्षमा छन् ।