६ बैशाख २०८१, बिहीबार

आक्रोशीत रुस पश्चिमा देशले लगाएको प्रतिबन्द्धले, हात फिजाउँदै युक्रेन

russia ukrine

रुसले युक्रेनमा आक्रमण गरेको एक महिना वित्यो । तर, अझै युद्ध रोकिने स्थीति देखिएको छैन । बरु पश्चिमा देशले लगाएको प्रतिबन्द्धले रुस थप आक्रोशीत भएको देखिन्छ । एक महिनाको अन्तरालमा शक्ति राष्ट्र विभाजित भएका छन् भने युक्रेनले अझै पश्चिमा देश सँग सहयोग मागि रहेका छ ।

रुस–युक्रेन युद्धलाई लिएर दुई विश्व शक्ति देश अमेरिका र रुस आरोप–प्रत्यारोपमा थप सशक्त ढङ्ग बाट उत्रिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा निरन्तर गरिरहेका छन ।

युक्रेनमा गरेको आक्रमणलाई लिएर बाइडेनले रुसी राष्ट्रपति पुटिनलाई पदमा बस्न लायक नरहेको टिप्पणी समेत गरे । पोल्यान्डको राजधानी बार्सामा भएको कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले पुटिन शक्तिमा रहन नहुने समेत बताए ।

बाइडेनले सम्बोधन गर्दैगर्दा रुसले पोल्यान्डको सीमाबाट झण्डै ४० माइलको दूरीमा रहेको युक्रेनको लभिभ सहरमा मिसाएल द्वारा आक्रमण गरिरहेको थियो । यता बाइडेनको टिप्पणीमा जवाफ दिँदै रुसी राष्ट्रपति कार्यालयले पुटिन शक्तिमा रहने वा नरहने भन्ने निर्णय बाइडेनको नभइ रुसी नागरिकको रहेको प्रतिक्रिया दिएको छ ।

क्रेमलिनले रुसी नागरिकले चुनेका पुटिनबारे निर्णय गर्ने बाइडेन को हुन् ? भन्ने प्रश्न समेत गरेको बीबीसीले जनाएको छ । त्यस्तै, युक्रेनमाथि आक्रमण गरेका कारण पश्चिमी देशहरु रुसविरुद्ध कठोर रुपमा प्रस्तुत भैरहेका वेला बेलायत अचानक रुसप्रति लचिलो देखिएको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रसले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण रोक्छन् वा रुसी सैनिक फर्किएर जान्छन् वात रुसले आगामि दिनमा कुनै आक्रमण नगर्ने प्रतिबद्धता गर्छ भने रुस माथि लगाइएको प्रतिबन्ध हटाउन सकिने बताएकी हुन् ।

अमेरिका, बेलायत र युरोपेली संघले अहिलेसम्म १ हजार रुसी व्यक्तिहरु र व्यवसायहरुमाथि प्रतिबन्ध लगाएका छन् । यही हप्ता रुसले आफ्नो सैन्य अभियान युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गर्ने बताएको छ ।

यसैविच, युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पश्चिमी देशका सरकारसँग युक्रेनको मद्दतका लागि लडाकू विमान, ट्याङ्क र मिसाइल डिफेन्स सिस्टम दिन एकपटक पुनः अपिल गरेका छन् । आइतवार विहान एक भिडियो सन्देशमा उनले युरोपको सुरक्षाका लागि जुन हतियार बनाइएका छन् त्यो गोदाममा धुलो खाएर बसिरहेको बताए ।

जेलेन्स्कीले मसिन गनले आफूहरूले रुसी लडाकू विमान खसाल्न नसक्ने पनि दुखेसो पोखे । उनले युक्रेनले नेटोको एक प्रतिशत मात्रै लडाकू विमान र एक प्रतिशत ट्याङ्क चाहिएको बताउँदै आफूलाई योभन्दा बढी नचाहेको पनि जिकिर गरे ।

उनले नेटो सदस्यलाई प्रश्न सोध्दै भने, ‘के तपाईँहरू रुसको धम्कीले डराउनुभएको छ ? प्रश्न समेत गरे । जेलेन्स्कीले युक्रेनलाई रुसको कब्जामा लिएको खण्डमा रुसले युरोपको भूभागमा आफ्नो कब्जा थप बिस्तार गर्ने बताए ।