१२ बैशाख २०८१, बुधबार

वाङ यी नेपाल भ्रमण सकिएलगत्तै प्रधानमन्त्री भारत भ्रमणमा जाने

Sher Bahadur Deuba 5
फाइल फोटो

यही चैत महिनाभित्र प्रधानमन्त्री भारत भ्रमणमा जाने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासबीच समन्वय भइरहेको छ ।

भारतीय दूतावास स्रोतले भन्यो, ‘यही चैत महिनाभित्र जाने लगभग निश्चित भएको छ, तर मितिको टुंगो लागेको छैन, मितिको बारेमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भ्रमणका क्रममा रेल उद्घाटनका साथै दुई पक्षीय आपसी चासोका विषयमा भारतीय पक्षसँग छलफल हुनेछ । यसबारे आवश्यक तयारीका लागि दुई देशबीच छलफल चलिरहेको छ ।

यसअघि पुसमा नै देउवा भारत भ्रमणमा जाने तयारी थियो । तर कोभिडका कारण अन्तिममा आएर कार्यक्रम रद्द भएको थियो । चिनियाँ विदेश मन्त्री वाङ यी शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । उनको भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत जान मिति तय हुने स्रोतको भनाइ छ ।

चैत तेस्रो साता प्रधानमन्त्री देउवा भारत जाँदै

चैत तेस्रो साता प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने हुनुभएको छ ।

प्रधानमन्त्री देउवाले चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा जान लाग्नुभएको हो भने भ्रमणबारे परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको जनाएको छ ।

भम्रणका क्रममा देउवाले संयुक्तरुपमा जनकपुर–जयनगर रेल सेवा शुभारम्भ गर्ने तयारी रहेको छ ।