१२ बैशाख २०८१, बुधबार

थुलुङ दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिसहित ६२ जना एमाले प्रवेश

uml prabesh 6 1

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिसहित ६२ जना एमाले प्रवेश गरेका छन् । माओवादीबाट निर्वाचित वडा नम्बर ९ का अध्यक्ष भुपालसिं राई, वडा सदस्य रसाइली, सदस्य सोमकुमार तामाङसहितकाका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको दोस्रो बैठक सुरू हुनुअघि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले उनीहरूलाई स्वागत गरेका थिए । एमाले प्रवेश गरेकाहरू अधिकांश माओवादी त्यागेर आएकाहरू छन् ।