१४ बैशाख २०८१, शुक्रबार

उम्मेदवारको सिफारिस चैत मसान्तभित्र गरिसक्न ओलीको निर्देशन

uml 1

नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न मातहत कमिटीलाई निर्देशन दिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ढिलोमा चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्नुपर्ने बताए ।

अध्यक्ष ओलीले एमालेले जित्ने भने यो निर्वाचन सफल नहुने र कर्मकाण्डमा सीमित हुने भन्दै सबै एउटै संकल्प र अठोटका साथ जानुपर्ने बताए ।