१६ चैत्र २०८०, शुक्रबार

थुनछेक बहस जारी पल शाहको मुद्दामा, आजै आदेश आउन सक्ने

paul

बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको मुद्दामा अधिवक्ताहरुको बहस जारी छ ।

शाहविरुद्धको मुद्दामा अधिवक्ताहरुको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ ।

जिल्ला अदालत तनहुँले आजै बहस सकाएर थुनछेक आदेश जारी हुन सक्ने तनहुँका वैतनिक वकिल शिवराज काफ्लेले बताए । ‘‘दुवै पक्षको बहस सकिनै लागेको छ । प्रतिवादीको तर्फबाट एकजना अधिवक्ताको बहस बाँकी छ । सम्भवतः आजै थुनछेक आदेश जारी हुन्छ,” उनले भने ।

फौजदारी कार्यविधि ऐन–२०७४ को दफा ६७ मा टेकेर अदालतले थुनछेक आदेश जारी गर्ने काफ्लेले बताए । ‘‘यहाँको अवस्था हेरेर साँझ ५ वा ७ बजेतिर आदेश जारी हुन्छ । उक्त आदेशले धरौटीमा छुट्ने, पुर्पक्षका लागि थुनामा जाने वा तारेखमा छुट्ने फैसला गर्नेछ,” उनले भने ।

सरकारी वकिलको कार्यालय तनहुँले गएको मंगलबार अदालतमा मुद्दा दायर गरेको थियो ।