१४ बैशाख २०८१, शुक्रबार

प्रभाषको ‘राधे श्याम’लाई हलबाटै १ सय करोड घाटा, ‘साहो’पछि अर्को खराब फिल्म

Radhe Shyam

पेन इन्डिया नायकको रुपमा चिनिएका साउथ सुपरस्टार प्रभाष अभिनित फिल्म ‘राधे श्याम’ बक्स अफिसमा नराम्रोसँग डुबेको छ । ‘बाहुबली’ फिल्मबाट प्रभाषले बनाएको क्रेजलाई देखेर उनीमाथि करोडौ रकम खन्याएका निर्माता नराम्रोसँग डुबेका छन् ।

भारतीय मिडियाका अनुसार, यो फिल्मबाट निर्मातालाई हलबाट मात्र १ सय करोड घाटा लागेको छ । यो साउथका सुपरस्टारको हकमा निक्कै ठूलो घाटा हो । भारतसँग विश्व बजारमा नै कमजोर व्यापार गरेको यो फिल्म एक सातामै हलबाट उत्रिएको थियो ।

फिल्मको कथावस्तुदेखि पटकथालाई दर्शकले रुचाएनन् । जसकाकारण, यो फिल्मले बक्स अफिसमा नराम्रोसँग पछारिनु पर्यो । यसले, प्रभाषमाथि करोडौ लगानी गरिरहेका अन्य निर्माताहरुलाई समेत झस्काएको छ । ‘बाहुबली २’ले भारतमा मात्र १५ सय करोड कमाएको थियो ।

यही क्रेजलाई देखेर वितरक र निर्माताले प्रभाषमाथि करोडौं रकम खन्याएका छन् । फिल्ममा प्रभाषसँगै पूजा हेग्डेको मुख्य भूमिका छ ।

साहो’पछि प्रभाषको अर्को खराब फिल्म ‘राधे श्याम’

फिल्म ‘बाहुबली र बाहुबली २’मा काम गरेपछि विश्वभरका दर्शकको नजरमा परेका साउथका स्टार कलाकार प्रभाषले यसपछि भने राम्रा फिल्म दिन सकेका छैनन् । जसकाकारण, भारतका हरेक भाषाका फिल्म रुचाउने दर्शकको पहिलो रोजाइमा परेका भनिएका प्रभाषलाई समस्या परिरहेको छ ।

‘बाहुबली २’पछि प्रभाषले अभिनय गरेको फिल्म ‘साहो’ले बक्स अफिसमा कुनै राम्रो व्यापार गरेन । बरु, उनले अभिनय गरेको यो फिल्म बक्स अफिसमा असफल मात्र भएन समीक्षकको नजरमा पनि खराब साबित भयो ।

प्रभाषले नै अभिनय गरेका अर्को फिल्म ‘राधे श्याम’ विश्वभर रिलिज भयो । नायिका पूजा हेग्डेसँग प्रभाषले गरेको रोमान्सको यो कथालाई दर्शक र समीक्षकले खराब भनेका छन् ।

सामाजिक संजालमा फिल्मलाई लिएर आएका अधिकांश प्रतिक्रिया खराब छन् । फिल्मलाई अधिकांश भारतीय समीक्षकले १ देखि २ रेटिङ मात्र दिएका छन् । एउटा राम्रो कथालाई खराब तरिकाले प्रस्तुत गर्दा फिल्म विग्रिएको उनीहरुको तर्क छ ।

यसले, प्रभाषको अर्को खराब फिल्म दर्शकमाझ आएको पुष्टी भएको छ ।