१४ बैशाख २०८१, शुक्रबार

कम उमेरमै करियरबाट संन्यासको घोषणा गरेपछि, चकित टेनिस जगत्

barty

महिला टेनिसकी विश्व नम्बर एक खेलाडी एश्लीग बार्टीले कम उमेरमै व्यवसायिक करियरबाट संन्यासको घोषणा गरेकी छन् ।

२५ वर्षीया अस्ट्रेलियालीले यो घोषणा गर्दै विश्व खेलकुदलाई नै आश्चर्यचकितमा पारिन् । बार्टीले बुधबार आफ्नो सामाजिक संजालमा घोषणा गरेको एक भिडियो पोस्ट गरेकी थिइन् ।

बार्टीले इन्स्टाग्राममा लेखेकी थिइन्–आजको दिन मेरो लागि मुश्किल छ किनभने मैले टेनिसबाट संन्यास लिने घोषण गरिरहेकी छु । मलाई यो खेलले जे पनि दियो त्यसको लागि म आभारी छु र गर्व पनि महसुस गरिरहेकी छु ।

ती सबै व्यक्तिहरुलाई धन्यवाद पनि छ, जसले मलाई समर्थन गरेका छन् ।बार्टीले यो निर्णय अचानक लिएकी भने होइनन् । उनले पछिल्लो वर्ष विम्बल्डनपछि नै यसबारे उनले सोचिरहेकी जनाएकी छन् ।