२३ बैशाख २०८१, आईतवार

भीएफएक्समा आलोचना भएपछि प्रभाषको ‘आदिपुरुष’ पोष्टपोन्ड

prabhas DkM5WDT9zz

अभिनेता प्रभासको आगामी फिल्म ‘आदिपुरुष’लाई लिएर जोकोहीको चासो छ । केही समयअघि यो फिल्मको टिजर रिलिज गरिएको थियो । तर, रिलिज हुनासाथ यसको आलोचना सुरु भइहाल्यो । फिल्मको टिजरमा अत्याधिक ट्रोलिङ भएपछि निर्माताले यसलाई सुधार गर्ने निर्णयमा पुगेका छन् ।

सोहीकारण उनीहरुले सन् २०२३ को मकर संक्रान्तिमा रिलिज गर्ने पूर्व योजनालाई केही पर सार्ने भएका छन् । टिजरमा प्राप्त प्रतिक्रियाको मूल्यांकन गर्दै निर्माण पक्षले यसमा भएका कमी कमजोरीलाई सुधार्ने निर्णय लिएका छन् ।

फिल्मको भीएसफएक्स र सीजी वर्कमा पुनः काम गर्नका लागि निर्माताले तयारी सुरु गरिकसको छन् । जसका लागि प्रभास, कृति सेनन स्टार फिल्मका लागि ८० देखि १०० करोड रुपैंयाँ खर्च गर्ने योजना बनाएका छन् ।

‘तान्हाजी’ फेम निर्देशक ओम राउतको यो फिल्मको टिजरमा अभिनेता सैफ अली खानलाई हनुमानको लुक्समा देखाइएपछि आलोचना भएको थियो । यतिमात्र होइन, फिल्ममा ‘रामायण’लाई गलत तरिकाले प्रस्तुत गरिएको आरोप लागेको थियो ।

टिजर सार्वजनिक भएपछि ‘रामायण’मा राम, सीता र लक्ष्मणको भूमिका निर्वाएका अरुण गोविल, दीपिका चिखलिया र सुनील लहरले पनि यसको आलोचना गरेका थिए ।