१४ बैशाख २०८१, शुक्रबार

एमसीसीमा गरिएको सुझबुझपूर्ण निर्णयले माओवादी फुटाउने प्रयास असफल भयोः प्रचण्ड

prachanda 5

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा गरिएको सुझबुझपूर्ण निर्णयले माओवादीलाई फुटाउने प्रयास असफल भएको बताएका छन् ।

बुधबार माओवादी केन्द्रको प्रवास समन्वय समितिको राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले देशी विदेशी शक्तिले माओवादीलाई फुटाउन तथा कमजोर बनाउन अनेक षड्यन्त्र गरेको बताउँदै प्रचण्डले त्यसकै लागि एमसीसीमा दाउ हेरे पनि त्यो सम्भव नभएको बताए ।

‘अहिलेपनि पार्टीभित्र कुनै फाटो सिर्जना गर्न सकिन्छ कि भनेर निकै प्रयास भयो । तर एमसीसीबारेको व्याख्यात्मक घोषणाले त्यो षड्यन्त्र असफल भएको छ’, उनले भने । एमसीसी पास भएपछि पार्टीभित्र फाटो ल्याउन प्रयास भएपनि सबै फरक मतलाई सम्बोधन गरिने भएपछि पार्टी एकढिक्का भएको बताए ।

केन्द्रीय समिति बैठकमा फरक मतलाई समेटेर अघि बढ्ने र आवश्यक परे सबै फरक मतबारे पार्टीमा उपयुक्त समयमा हुने प्रचण्डले बताए ।