७ बैशाख २०८१, शुक्रबार

आत्मनिर्भर पार्टी बनाउन काँग्रेस एक्लै स्थानीय तहको निर्वाचनमा एकलै जानुपर्छ : नेता निधि

Bimalendra Nidhi
फाइल फोटो

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एव पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले काँग्रेसलाई आत्मनिर्भर पार्टी बनाउन स्थानीय तहको निर्वाचनमा एकलै चुनावमा जानुपर्ने धारणा राख्नुभएको छ ।

काँग्रेस धनुषाका नवनिर्वाचित पदाअधिकारी तथा सदस्यको प्रमाणपत्र वितरणका लागि जिल्ला निर्वाचन समितिले बुधबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

संघीय प्रणालीको सफल कार्यान्वयनका लागि काँग्रेसलाई जनताले बहुमत दिनुपर्ने भन्दै बहुमत प्राप्त गर्न काँग्रेसले एक्लै चुनावमा जान तयार हुनुपर्ने उहाँले बताउनुभयो ।

संविधान र लोकतन्त्रको रक्षाका लागि दलवीचमा गठबन्धन भएपनि निर्वाचन प्रणालीमा प्रतिस्पर्धा हुनेभएकाले हरेक दलले चुनावमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने धारणा राख्नुभयो ।

काँग्रेस नेता निधिले संघीय प्रणालीको सफल कार्यान्वयन गर्न विगमा कम्युनिष्टलाई जनताले दुई तिहाई बहुमत दिदा पनि तिनीहरु सफल हुन नसकेकाले यस वर्ष काँग्रेसको पक्षमा माहोल भएको बताउनुभयो ।

काँग्रेसको पक्षमा माहोल देखिएका कारण तीनै तहको निर्वाचनमा बहुमत प्राप्त हुने किसिमले जनताको घरदैलोमा गएर काँग्रेसको विचार र सिद्धान्तवारेमा जानकारी गराउन नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्रमोहन यादवले एमसीसी सम्झौतावारेमा काँग्रेस विरोधमा छरिएको भ्रमलाई चिर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवले धनुषाको १८ वटै पालिकामा काँग्रेसलाई जित दिलाउने किसिमले कामकाज गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

काँग्रेस जिल्ला निर्वाचन समितिका सभापति अधिवक्ता अरुणकुमार ज्ञावालीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस धनुषाका नव निर्वाचित सभापति योगेन्द्र पञ्जियारसहितका पदाअधिकारी तथा सदस्यलाई काँग्रेस नेता निधिले प्रमाणपत्र वितरण गर्नुभयो ।