१४ बैशाख २०८१, शुक्रबार

माओवादीको भर छैन, कांग्रेस एक्लै चुनावमा जान्छः डा. कोइराला

sekhar koirala

नेपाली कांग्रेसका नेता डा, शेखर कोइरालाले नेकपा माओवादी केन्द्रको भर नभएका कारण आफ्नो पार्टी एक्लै चुनावी मैदानमा जानुपर्ने बताउनु भएको छ ।

विराटनगरस्थित आफ्नै निवासमा पत्रकाहरुसँग नेता कोइरालाले आम कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको र नेतृत्व तहले कार्यकर्ताको जनमत बुझ्नुपर्ने बताउनुभयो ।

अरु दलका नेताहरुलाई चुनाव जिताउनका लागि नै कांग्रेसले गठबन्धन गर्न आवश्य नरहेको उहाँको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धन गर्दा केकोलागि हो गठबन्धन अरु पार्टीहरुलाई जिताउनको लागि गठबन्धन हो कि ती पार्टीहरुले नेपाली कांग्रेसलाई पनि मत दिनको लागी हो गठबन्धन हाम्रो पार्टीका नेताहरुको सोच त्यता तिर जानुपर्ने देखेको छु ।’

२०७४ सालको निर्वाचन सम्पन्न भए लगत्तै माओवादीले धोका दिएको स्मरण गर्दै नेता कोइरालाले गहन छलफलबिना गठबन्धनमा जाने विषय जायज नभएको बताउनुभयो ।