१६ बैशाख २०८१, आईतवार

पाँच प्रदेशमा फैलियो कोरोना संक्रमण, अन्य प्रदेशबाट आएकालाई गण्डकीमा रोक

corona nepal

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपालको पाँच वटा प्रदेशमा देखा परेको छ । शुक्रवारसम्म नेपालमा ३० जना कोरोना संक्रमित देखा परेका छन् । उदयपुरमा १२ र चितवनामा २ जना कोरोना संक्रमित देखिनुअघि नेपालमा १६ जना कोरोना संक्रमित थिए ।

जसमा एक जना निको भएर घर गइसकेका थिए भने बाग्लुङकी एक बृद्घाको पनि पछिल्लो पटक कोरोना परिक्षणमा नेगेटिभ देखिएको छ । तर पछिल्लो कोरोना संक्रमणको अवस्था हेर्दा प्रदेश १ र प्रदेश २ मा अझ वढी जोखिम देखिएको छ । जोखिम यो कारणले पनि छ की उदयपुर र विरगञ्जमा पछिल्लो समय कोरोना संक्रमण देखिएकाहरु मस्जितमा लुकिरहेको अवस्थामा प्रहरीले स्वाब परीक्षण गरे पश्चात घटना बाहिर आएको हो ।

अहिलेसम्म प्रदेशको आधारमा प्रदेश नम्बर १ , प्रदेश नम्बर २, प्रदेश नम्बर ३ , गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित देखा परेका छन् । जसमा प्रदेश १ मा १२ जना उदयपुर , प्रदेश २ मा ४ जना विरगञ्ज ३, रौतहट १ , प्रदेश ३ मा ७ जना काठमाडौ ५, चितवन २, गण्डकी प्रदेश २ जना बागलुङ र सुदुरपश्चिम प्रदेशमा ५ जना कैलाली ४ , कञ्चनपुर १ गरी अहिले नेपालमा ३० जना कोरोना संक्रमित देखिएका छन् । यस्तै कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा भने अहिलेसम्म कोरोना संक्रमित फेला परेका छैनन् ।

संक्रमित गोपनियता राख्ने भन्दै सरकारले संक्रमित रहेको जिल्ला र उनीहरुको उमेर समूहबाहेक थप विवरण सार्वजनिक गरेको छैन् । अझ प्रदेश १ र २ मा फेला परेका अधिकांश कोरोना संक्रमित भारतीय भनिएको छ तर सरकारले आधिकारिक रुपमा भनेको छैन् ।

नेपालमा रहेका अधिकांश कोरोना संक्रमित विदेशबाट आएका हुन् तर सुदुरपश्चिम प्रदेशमा भने एकजना संक्रमित भने आफन्तबाट कारोना संक्रमण भएको पाइएको छ । शुक्रबार बेलुका नयाँ संक्रमित पुष्टि हुनु अगाडिसम्म काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका थिए ।

काठमाडौंमा पाँच जना कोरोना संक्रमित फेला परेका थिए । शुक्रबार एकै पटक १२ जना संक्रमित फेला परेपछि अब उदयपुर सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला भएको छ ।

अन्य प्रदेशबाट आएकालाई गण्डकीमा रोक

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि गण्डकी प्रदेशले अन्य अन्य प्रदेशबाट प्रवेश गर्ने व्यक्तिहरुलाई नाकाबाटै फिर्ता पठाउने भएको छ ।

गण्डकी प्रदेश सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ूएक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुनसक्ने आवतजावतलाई नियन्त्रण गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा नै क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाउने, मालबहाक ट्रक वा अन्य अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधनमार्फत अन्य प्रदेशबाट लुकीछिपी आएका मानिस तथा त्यसरी यात्रु ओसारपसार गर्ने सवारी साधनहरुलाई नियन्त्रणमा राखिने छन् ।

प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट भइरहेको राहत वितरण कार्यलाई एकद्वार प्रणालीमार्फत बितरण गर्ने र राहत वितरणमा असंगठित क्षेत्रका मजदुर, श्रमजिवी बर्ग र न्यून आय भएका व्यक्तिहरुलाई निश्पक्ष रुपमा वितरणका लागि प्राथमिकिरण गर्ने र सो को अभिलेख राख्‍नेसमेत प्रदेश सरकारले जनाएको छ ।

जिल्ला तथा स्थानीय तहमा व्यवस्था भएका क्वारेन्टाइन गृहहरुलाई मापदण्ड अनुसार बनाउन निर्देशन दिएको छ ।

ganki 1