२२ बैशाख २०८१, शनिबार

यि हुन् उदयपुरमा कोरोना संक्रमित १२ जना भारतीय नागरिक

coro

नेपालमा शुक्रबार १४ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण भएको पुष्टि भएको छ । यसअघि १६ जनाका कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका १२ जना भारतीय नागरिकलाई बिराटनगर लगिएको छ ।

संक्रमितहरु २१ बर्षिय अनम ज़ैदी, दिल्ली, ४० वर्षिय मौ। सनउल्ला, दिल्ली, ३१ बर्षिय मौ। रिजवान, दिल्ली, २२ बर्षिय सनमान खान, उत्तर दिल्ली, २८ बर्षिय राशिक राउंड, दिल्ली, २५ बर्षिय मोहामिन्स, साउथ दिल्ली, २१ बर्षिय मौ। आसिफ, उत्तर दिल्ली, २८ बर्षिय सुदेव अहमत, बिजौर, २६ बर्षिय अहमत सइद, दक्षिण दिल्ली, २६ बर्षिय मौ। अबुबकर, दिल्ली, २८ बर्षिय मौ. जावैद, उतर प्रदेश र २५ बर्षिय आदिम अनवर, जामियनगर रहेका छन् ।

उनीहरु उदयपुरको एक मस्जिदमा भेटिएका थिए । कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि १२ जनालाई उपचार र रेखदेख गर्ने गरि कोरोना संक्रमितकै उपचार गर्न भनेर विराटनगरमा बनाइएको कोभिड १९ उपचार केन्द्रमा राखिएको हो ।

जनरल वार्ड, आईसीयु, भेन्टिलेटर कुन आवश्यक पर्ने हो त्यहीअनुसार उपचार हुने जनाइएको छ । संक्रमितको अवस्था कस्तो छ र कुन चरणबाट उपचार थालिने भन्ने उनीहरु आएपछि हुने थप परीक्षणबाट थाहा हुने चिकित्सकको भनाइ छ ।

प्रदेश सरकारले कोरोना अस्पताल उपचार केन्द्र सञ्चालनको जिम्मेवारी कोसी अस्पताललाई दिएको छ ।