१३ बैशाख २०८१, बिहीबार

जनकपुरमा कोरोना संक्रमित दुई महिलाले पैसा फालेर भागेको आशंका

arrest women

सडकमा पैसा छरिएको घटनामा प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सिसिटिभी फुटेजमा मुख छोपेका दुईजना महिलाहरु देखिएपछि प्रहरीले ती महिलाहरुको खोजी सुरु गरेको जनाएको छ ।

धनुषा प्रहरीका नायब उपरिक्षक रामेश्वर कार्कीले सिसिटीभी फुटेजहरु झिकाएर शंकाश्पद देखिएका र स्थानीयले दिएको हुलियाको आधारमा महिलाहरुको खोजी शुरु गरेको जानकारी दिए । कुन उददेश्यले महिला थुक लगाएर पैसा फालेका थिए अहिले भन्न नसकिने प्रहरीको भनाई छ ।

आज दिउँसो जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. ५ महावीर चौककमा सडकका विभिन्न ठाँउमा पैसा फालिएको थियो । दश र १ सय रुपैयाँको नोटहरु फालिएको अवस्थामा देखेपछि स्थानयीले प्रहरीलाई खवर गरेका थिए ।

भारतमा समेत केही दिन अघि यसैगरि सडकमा पैसा फालिएको अवस्थामा भेटिएको थियो । त्यसरी फालिएको पैसामा कोरोना भाइरसको जिवाणु हुन सक्ने भन्दै अनुसन्धान गरिएको थियो । जनकपुरधाममा समेत स्थानियवासीमा सोही शंका छ । अज्ञात समूहले पैसा फालेर भागेको हुन सक्ने र उनीहरु कोरोना संक्रमित समेत हुन सक्ने अनुमान गरिएको छ ।

स्थानीयहरुका अनुसार दुईजना महिलाले १० र १०० रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका थिए । उनीहरुले केही पसलका सटरहरुमा समेत पैसा राखेको दावी गरिएको छ । अन्दाजी ३५ देखि ४० वर्षका दुई जना महिलाले सडकमा पैसा फालेको स्थानियको भनाई छ ।