२६ बैशाख २०८१, बुधबार

कुनैपनि विदेशी फौज युक्रेनमा प्रवेश गरेमा उक्त देशमाथि आक्रमण गर्ने रुसले धम्की

russia ukrine

राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले आत्मसमर्पण अस्वीकार गरेसगै रुसले युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि आक्रमण गर्ने रुसले धम्की दिएको छ ।

पछिल्लो समय रुसले युक्रेनमाथि खतरनाक हतियार प्रयोग गर्न थालेको छ । उसले हाइपरसोनिक मिसाइलको दुई पटक प्रयोग गरिसकेको छ ।

परमाणु बम बोक्न सक्ने उक्त मिसाइलको प्रयोग सफल भएको रुसको दाबी छ । रुसले युक्रेनको सैन्य अखडाहरु, हतियार निर्माण गर्ने प्लान्ट, विमान निर्माणको प्लान्ट ध्वस्त पारिदिएको छ ।

रुसले युक्रेनमा कुनैपनि विदेशी फौज प्रवेश गरेमा उक्त देशमाथि समेत आक्रमणको धम्की दिएको छ । नाटो सैनिक यूरोपमा फैलन थालेका छन् । खतरनाक हतियारहरु यूरोपका विभिन्न देशमा जडान गर्न थालिएको छ ।