११ बैशाख २०८१, मंगलवार

खराब सुरुवात नेपालको यूएईविरुद्ध, १० ओभरमा ४ विकेटको क्षति

nepal vs uae

आईसीसी विश्वकप लिग दुई अन्तर्गत युएईसँग खेलिरहेको नेपालले खराब सुरुवात गरेको छ । ओपनर कुशल भुर्तेल ७ बलको सामना गरेर ५ मा पेभिलियन फर्के ।

त्यस्तै अर्का ओपनर पवन सराफलाई जुनाईद् सिद्धिकीले २ रनमा नै डगआउटको बाटो देखाए । सराफलाई आउट गरेको अर्काे बलमा नै दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमा नै आउट गराए ।

रोहितकुमार पौडेल पनि व्यक्तिगत ९ रनमो पेभिलियन फर्के । अहिलेको ताजा अवस्थमा नेपाल ९ ओभर खेल्दै ४ विकेटको क्षतिमा २१ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र आरिफ शेखले व्याटिङ सम्हालिरहेका छन् ।

यसअघि टर हारेर व्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २०२ रन जोडेको थियो ।