
हेटौंडा उपमहानगरपालिकामा (कोभिड-१९) को र्यापिड टेष्ट गर्दा चार जनाको रिपोर्टमा पोजेटिभ नतिजा देखिएको छ ।
उप-महानगरपालिकाले बिहीबारदेखि सुरु गरेको र्यापिड टेष्ट (आरडीटी) विधिबाट कोरोना सङ्क्रमण परीक्षण गर्दा चार जनामा पोजेटिभ देखिएको हो ।
हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेष्टमा ४ जनाको एन्टीबडी पोजेटिभ देखिएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषको एन्टीबडी पोजेटिभ देखिएको हो ।
विदेशबाट फर्किएका हेटौंडा–४ मा बसोवास गर्दै आएका छन् । उनीहरु चारै जनालाई हेटौंडाको आइसोलेसनमा राखिएको छ ।
पोजेटिभ रिपोर्ट देखिनेमा तीनजना पुरुष र एकजना महिला रहेका छन । ल्याब टेष्टको अन्तिम रिपोर्ट प्राप्त भएपछि मात्र उनीहरुमा कोरोना भए नभएको पुष्टि हुने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
भारत विहार घर भई हेटौंडा–४ आफन्तको घर आएकी ५५ बर्षीय महिला, भारतबाट फर्किएका हेटौंडा–२ का ६७ बर्षका पुरुष, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षका युवक र साउदी अरबबाट फर्किएका ३२ बर्षका युवकको एन्टीबडी पोजेटिभ देखिएको हेटौंडा अस्पताल आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले बताए ।
उनीहरुमा कोरोना संक्रमण भएको वा नभएको पुष्टि गर्न प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरिएको उनले जानकारी दिए । हेटौंडा–१५ मा गरिएको र्यापिड टेष्टमा भने सबैको एन्टीबडी नेगेटिभ पाइएको छ ।