२० बैशाख २०८१, बिहीबार

औषधि किनेर फर्किएकालाई प्रहरीको निर्मम लाठी प्रहार – पत्रकारलाई क्यामरा जफतको धम्की (भिडियो सहित)

nepal lockdown police force kalanki

बुधबार साँझ त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई प्रहरीले कुटपिट गरेको २४ घन्टा नबित्दै बिहीबार कलंकीमा औषधि किनेर फर्किएका तीन जनामाथि प्रहरीले लाठी बर्साएको छ।

हेल्थपाटी डटकमका पत्रकार जगन्नाथ ढकालले उक्त भिडियो खिचेका हुन्। उनले ती मानिसले मेडिकलबाट औषधि किनेको आफूले नै देखेको बताए।

उनि लेख्छन “म रिपोर्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज साँझ करिव ५ बजेतिर कलंकीमा जे देखेँ त्यो अति नै निकृष्ठ थियो । प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिएको थियो । उहाँहरुको हातमा औषधिको झोला थियो । म नजिक जान खोजे तर मलाई प्रहरीले रोक्यो मेरो क्यामरा जफत गर्छाै भनी धम्की पनि दिए । नियन्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औषधि किन्न आएका हौं,हामी बील देखाउछौ तर प्रहरीले कुरै नसुनी एकाएक लाठि प्रहार गर्यो । उहाँहरु मेडिकल पसलबाट निस्किएको देख्दा देख्दै सडकमा पाइला राख्न नपाउदै नियन्त्रणमा लिई प्रहरी निरीक्षकको नेतृत्वमा भएको यो ज्यादती खेदजनक छ ।

औषधि किनेर फर्किएका नागरिकलाई लाठी बर्साउने इन्स्पेक्टरसहितको उक्त टोली महानगरीय नगर प्रहरीबाट खटिएको हो।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले उक्त घटनाबारे आफूले भर्खरै जानकारी पाएको र थप अनुसन्धान गरिरहेको बताए। ‘उपत्यकाका सबै प्रहरीलाई संयमित हुन निर्देशन दिएको छु,’ पोखरेलले भने।

स्रोत् : healthpati.com