८ बैशाख २०८१, शनिबार

पाँच ओटाले नसके ६ पार्टीको गठबन्धन बनाएर आए हुन्छ : शंकर पोखरेल

shankar pokhrel
फाइल फोटो

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ६ ओटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न चुनौती दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी सम्पर्क समन्वयको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी चुनावमा ६ ओटा पार्टीको गठबन्धन बनाएर चुनाव लड्न सत्ता गठबन्धनलाई चुनौती दिएका हुन् ।

उनले एमाले चुनावमा एक्लै सामना गर्नका लागि तयार भएको बताए । महासचिव पोखरेलले अहिले सत्ता गठबन्धनले चुनावसम्मै मिलेर जाने र एमालेलाई देखाइदिने बताउँदै आएको भन्दै एमालेसँग चुनाव लड्न पाँच ओटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु पनि पार्टी थपेर मिलेर आउन चुनौती दिए ।

“चुनावसम्मै मिलेर जान्छौँ एमालेलाई देखाइदिन्छौँ । मिलेर आए हुन्छ, पाँच ओटा पार्टीको गठबन्धनले पुग्दैन भने अरु थपे हुन्छ । नेकपा (एमाले) एक्लै सामना गर्नका लागि तयार छ । यो फोर्स त्यही सामना गर्नका लागि जुटेको छ भन्ने कुरा सबैले बुझे हुन्छ । यो त एउटा कास्टिङ मात्रै हो,” उनले भने ।