१६ चैत्र २०८०, शुक्रबार

आक्रामक अभियानसहित मधेश मिसन दौडाहमा ओली, मधेश प्रदेशमा पाँचौँबाट पहिलो बन्ने दाउ

kp oli bijaya sarabagi

नेकपा एमालेले आगामी निर्वाचन लक्षित मधेश प्रदेशमा आक्रामक चुनावी अभियान चलाएको छ । पछिल्लो दिनहरूमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली मधेश मिसनसहित मधेश प्रदेशको दौडाहमा रहनुभएको छ ।

एमालेले मधेश प्रदेशका विभिन्न जिल्लाबाट अन्य पार्टीका प्रभावशाली नेता तथा जनप्रतिनिधिहरूलाई एमाले प्रवेश गराउने अभियान सञ्चालन गरिरहेको छ ।

एमाले प्रवेश गर्ने प्रभावशाली नेता तथा जनप्रतिनिधिलाई अध्यक्ष ओली स्वयंले एमालेमा स्वागत गरिरहनु भएको छ । मधेश प्रदेशको एमाले सग्लै हुँदा पनि कमजोर रहेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेले मधेश प्रदेशमा निकै कमजोर परिणाम ल्यायो ।

२०७२ मा संविधानसभाबाट जारी भएको संविधान र नाकाबन्दीका बेला एमाले अध्यक्ष ओलीले मधेशवादी दल र उनीहरूको आन्दोलनविरुद्ध दिएको अभिव्यक्तिका कारण मधेश प्रदेशमा निकै अलोकप्रिय बनेको थियो ।

संविधान जारी भएको अघि र पछि भएको मधेश आन्दोलनको तारोमा अध्यक्ष ओली र एमाले परेको थियो । संविधान जारी भएपछि एमालेले देशव्यापी रूपमा सुरु गरेको मेची महाकाली अभियानको अवरोध मधेश प्रदेशमै भएको थियो । सप्तरीको मलेठमा एमालेको कार्यक्रम विरोध गर्नेहरू र सुरक्षाकर्मीबीच भएको झडपमा पाँच जनाको मृत्यु भएको थियो ।

परिणामस्वरूप देशभरि एमालेको पक्षमा निकै बलियो जनमत आए पनि मधेश प्रदेशमा भने पाँचाँै दल बन्न पुग्यो । मधेश प्रदेशमा कांग्रेसले ४०, संघीय समाजवादी फोरमले २६, राजपाले २५ र माओवादी केन्द्रले २१ स्थानीय तह जित्दा एमालेले १८ स्थानीय तह मात्र जित्न सक्यो ।

मधेश प्रदेशमा पार्टीको खराब अवस्थालाई आगामी निर्वाचनमा पुनरावृत्ति हुन नदिन एमालेले मधेश मिसन सुरु गरेको हो । जनाधार कमजोर रहेको मधेशमा अन्य दलका नेता तथा कार्यकर्ताहरूलाई भिœयाएर आगामी तीनै तहको चुनाव जित्ने एमालेको रणनीति छ ।

शनिबार मात्रै पार्टी अध्यक्ष ओलीले वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित तीन वडाध्यक्षलाई पार्टी प्रवेश गराउनुभयो । सरावगी जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

जसपाबाट चुनाव जित्नुभएका उहाँ दोस्रो कार्यकाल मेयरमा दोहोरिन चाहनुहुन्थ्यो । पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनमा सरावगीका निकटतम प्रतिद्वन्द्वी राजेशमान सिंहलाई गत पुसमा नै एमालेले भिœयाएको थियो । उक्त चुनावमा सिंह राष्ट्रिय जनता पार्टीबाट मेयरको उम्मेदवार बन्नुभएको थियो ।

सिंह लोकतान्त्रिक समाजवादी पार्टीबाट एमालेमा प्रवेश गर्नुभएको हो । त्यसअघि जगनाथपुरका मेयर जालिम मियाँलाई एमालेले भिœयाएको थियो । कांग्रेसबाट माओवादीमा पुग्नुभएका मियाँलाई भित्र्याउन पुसको दोस्रो साता एमाले अध्यक्ष ओली पर्सा पुग्नुभएको थियो ।

शनिबार नै अध्यक्ष ओली बारा पुगेर जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित पाँचजना जनप्रतिनिधिहरू नेकपा एमालेमा प्रवेश गराउनुभयो । अन्सारी जसपाबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो ।

यसअघि मोरङको रंगेली नगरपालिका मेयर दिलिप बगडिया तथा उपमेयर केशवकुमारी खराललाई एमालेले भित्र्याएको थियो । त्यसैगरी, माओवादी केन्द्रका केन्द्रीय नेताहरूलाई समेत एमालेले पार्टीमा भित्र्याएको छ ।

सरावगी, सिंह, मिया, अन्सारी र बगडिया मात्र होइन एमालेले पछिल्लो समय जनाधार र स्रोत जुटाउन सक्ने अन्य पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई लक्षित गर्दै मधेशमा शक्ति विस्तार गर्ने रणनीति अख्तियार गरेको छ ।

मधेश आन्दोलनको समयमा क्षेत्रीय दलहरूमा लागेका नेता तथा कार्यकर्ता पुनः पार्टीमा फर्किन थालेको र अन्य दलका नेता तथा कार्यकर्ताहरूलाई भिœयाएर तीनै तहको चुनाव जित्ने लक्ष्य रहेको एमालेका नेताहरूको दाबी छ । पछिल्लो समय एमाले प्रवेश गरेका नेता तथा जनप्रतिनिधिहरूले जनता समाजवादीलगायत मधेश केन्द्रित दलहरूले जनतालाई झुक्याएको र एमालेलाई मधेशविरोधी भने पनि मधेशको विकासमा केपी ओलीकै नेतृत्वको सरकारका पालामा ठूला काम भएको दाबी गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले अब मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको भन्दै अहिलेका प्रवेशहरू ट्रेलर मात्र भएको दाबी गर्नुभएको छ ।

मधेशका जिल्ला सदरमुकामको सडक विस्तारदेखि ठूला पूर्वाधारको सुरुवात आफूले गरेको ओलीको जिकिर छ । मधेश प्रदेशमा मात्रै नभएर पश्चिम तराईमा पनि एमालेले अन्य दलका प्रभावशाली नेता तथा जनप्रतिनिधि पार्टी प्रवेश गराएर आफ्नो प्रभाव बढाउने रणनीति बनाएको छ । केही समयअघि कपिलवस्तुबाट मंगल गुप्ता, बाँकेबाट पशुपति दयाल मिश्रसहित नेताहरू एमालेमा प्रवेश गरेका थिए ।

गत मंसिरमा भएको दशौं महाधिवेशनको घोषणा कार्यक्रममा एमाले अध्यक्ष ओलीले २०७९ मंसिरसम्म हुने तीनै तहको चुनावलाई लक्षित गर्दै देशव्यापी पार्टी प्रवेश गराउने घोषणा गर्नुभएको थियो ।

यसअघि नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि मधेश दौडाह गर्नुभएको थियो । त्यसो त गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै अध्यक्ष ओलीसहित एमालेका प्रभावशाली नेताहरूले मधेश दौडाह सुरु गरेका थिए । सरकारबाट बाहिरिएपछि मधेश दौडाहलाई थप सघन बनाएका एमाले अध्यक्ष ओलीसहित नेताहरूले स्थानीय तह निर्वाचनको घोषणापछि भने मधेश दौडाहलाई उत्कर्षमा पु¥याएका छन् ।

कमजोर क्षेत्रमा बलियो बन्ने दाउ

त्यसै पनि मधेशमा जनाधार कमजोर रहेको नेकपा एमाले गत वर्ष फागुनमा नेकपा र भदौमा एमाले विभाजन भएपछि थप कमजोर भएको छ । एमाले विभाजनको सबैभन्दा बढी असर पनि मधेश प्रदेशमा नै परेको छ ।

मधेश प्रदेशमा २१ जना सांसदमध्ये १३ जना एकीकृत समाजवादी पार्टी र आठजना मात्र एमालेमा रहेका छन् । २०७४ साल मंसिरमा एमाले र माओवादी केन्द्रको गठबन्धनले केन्द्रमा करिब दुई तिहाई र ६ वटा प्रदेशमा स्पष्ट जित हासिल गर्दा पनि मधेशमा कमजोर परिणाम ल्याएको थियो ।

नेकपा एमाले र पार्टी अध्यक्ष ओलीको मधेश मिसन विगतमा कमजोर रहेको मधेशमा बलियो बन्नु रहेको छ । मधेश प्रदेशमा ३२ वटा संघीय निर्वाचन क्षेत्र छन् । २०७४ सालको प्रदेश र संघीय चुनावमा माओवादी केन्द्रसँग गठबन्धन हुँदा पनि एमालेले मात्रै दुईवटा संघीय क्षेत्रमा मात्र निर्वाचन जितेको थियो ।

१०४ सदस्यीय प्रदेशसभामा एमालेले २१ सिट मात्र जितेको थियो । पार्टीमा आएको विभाजनपछि एमाले आठ सिटमा खुम्चिन पुग्यो । मधेश प्रदेशका जिल्लाहरूमा पनि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा एमालेको केही प्रभाव रहे पनि हुलाकी राजमार्ग क्षेत्रमा भने एमाले निकै कमजोर छ ।

गत फागुनमा नेकपा विभाजनपछि प्रभु साह लगायतका नेताहरू एमालेमै बसेपछि स्थानीय तहमा पनि एमाले केही बलियो बनेको कतिपयको विश्लेषण छ । मधेश प्रदेशका माओवादीबाट जितेका सात मेयर, १० उपमेयर र ८० भन्दा बढी वडाध्यक्षहरू नेकपा एकताको निरन्तरताका रूपमा एमालेमा बसेका कारण मधेशमा एमाले मजबुत बन्न थालेको उनीहरूको दाबी छ ।

विगतमा मधेश प्रदेशमा देखिएको पार्टीको अवस्थामा परिवर्तन गर्न मधेशलाई प्राथमिकता दिएको जानकारी दिँदै नेकपा एमाले मधेश प्रदेशका इञ्चार्ज रघुवीर महासेठले भन्नुभयो, ‘एमाले मधेशविरोधी हो, विकासविरोधी हो, मधेसीलाई हेर्न चाहँदैन, मधेशका समस्या समाधान गर्न चाहँदैन भन्ने आरोपलाई कामले पनि र व्यवहारले पनि चिर्न खाजेका हौँ । त्यसकै परिणामस्वरूप आज एमाले मधेशमा पहिलेभन्दा निकै राम्रो अवस्थामा पुगेको छ ।

पहिले मधेशमा कमजोर भए पनि आउँदो चुनावमा नसोचेको नतिजा निकाल्छौँ । जसपा, लोसपा, कांग्रेस, माओवादीलगायत सबै पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरिरहनु भएको छ ।’

प्रदेश सांसदसमेत रहनुभएका एमाले नेता सत्यनारायण मण्डलले मधेश प्रदेशमा पार्टी विभाजनले असर नपर्ने जिकिर गर्दै भन्नुभयो, ‘मधेशमा आउने स्थानीय, प्रदेश र संघीय चुनावमा एमाले पहिलो पार्टी बन्छ । २०७४ सालको संसदीय चुनावमा हामीले मधेश प्रदेशमा जम्मा दुई सिट जितेका थियौँ । तर, आगामी तीनै तहको चुनावमा कसैले नसोचेको परिणाम निकाल्छौँ ।’

जसपामा मानमर्दन भएपछि एमाले रोजेँ : सरावगी

यसैबीच, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टी जसपामा आफ्नो मानमर्दन भएकाले एमालेमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले जनता समाजवादी पार्टीलाई आफूले महानगरमा जिताए पनि पार्टीभित्र दुव्र्यवहार भएको गुनासो गर्नुभयो ।

विगतमा आफूले जसपाबाट दुईपटक राजीनामा दिए पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले रोकेको जानकारी दिँदै मेयर सरावगीले सामाजिक रूपमा मानमर्दन गर्ने काम नरोकिएपछि नयाँ पार्टी रोज्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिएँ ।

जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपथ्र्याे त्यसरी राख्न नसकेका कारण दुईपटक मैले राजीनामा पनि दिएँ ।

राजीनामा दिदाँदिँदै पनि अध्यक्ष उपेन्द्र यादवजीले मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिएँ पनि ।’ आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसबाट जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उहाँको भनाइ थियो ।