११ बैशाख २०८१, मंगलवार

नेपाल र साउदीअरवबीच आज द्विपक्षीय बैठक

275783515 328317005995513 7052466952054643371 n

नेपाल र साउदी अरवबीच आज द्विपक्षीय बैठक बस्दै छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मङ्गलवार बिहान बैठक बस्ने तय भएको हो।

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुहुनेछ भने साउदी अरवको नेतृत्व साउदीका बिदेशमन्त्री तथा साउदी राजकुमार फैसल बिन फरहान अल साउदले गर्नुहुनेछ । बैठकमा सहभागी हुन साउदी बिदेशमन्त्री सोमबार काठमाडौँ आइपुग्नुभएको छ ।

बैठकमा नेपाल र साउदी अरव सम्बन्धका सबै आयामहरुका बारेमा छलफल गरिने मन्त्रालयले जनाएको छ।आजै नेपाल र साउदीबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने सम्भावना छ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश हो ।

यसैबीच विदेशमन्त्री फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।