२० बैशाख २०८१, बिहीबार

तीन सदस्यीय पार्टी मुख्यालय समिति अनुमाेदन हुँदै

622f38ede2c07 jasapa12

जनता समाजवादी पार्टी (जसपा)ले यस अघि गठन गरेकाे तीन सदस्यीय पार्टी मुख्यालय समिति अनुमाेदन गर्ने तयारी गरकाे छ ।

जसपाको कार्यकारिणी समितिको बैठकले तीन सदस्यीय समिति गठन गरेको र केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने बारे छलफल जारी रहेकाे कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो ।

पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा जारी छ । तीन सदस्यीय समितिमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई हुनुहुन्छ । सजपाले असार १ र २ गते काठमाडौंमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।