१२ बैशाख २०८१, बुधबार

(सूचीसहित) स्थानीय तह निर्वाचनका लागि ७९ दललाई मान्यता, कुन कुन दलले पाए ?

Election Commission Nepal

आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले ७९ दललाई मान्यता दिएको छ ।  

आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० राजनीतिक दलले स्थानीय तह निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए । तर ७९ दलले मात्र मान्यता पाएका हुन् । 

बिहीबार बसेको आयोगको बैठकले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई ५ फागुनदेखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो ।

ayog2.jpg