१६ चैत्र २०८०, शुक्रबार

एष्टन भिल्ला, चेल्सी, उल्फ्स र न्यूक्यासल युनाइटेड विजयी

Chelsea

इंग्लिस प्रिमियर लीग फूटबलमा चेल्सी, उल्फ्स, एष्टन भिल्ला र न्यूक्यासल युनाइटेड विजयी भएका छन् ।

प्रिमियर लीगमा गएराति तेस्रो स्थानको चेल्सीले नर्विच सिटीमाथि ३–१ को जित निकालेको हो । अवे मैदानमा तेस्रो मिनेटमै ट्रेभोह चालोभले चेल्सीलाई अग्रता दिलाए ।
लगत्तै १४औं मिनेटमा मासन माउन्टले चेल्सीको अग्रता दोब्बर पारे । ६९औं मिनेटमा नर्विचका टीमु पुकीले पेनाल्टीमार्फत गोल गरे ।

त्यसपछि ९०औं मिनेटमा काई हाभर्टले गोल थप्दै चेल्सीलाई ३–१ को जित दिलाए । यससँगै लगातार चौथो जित निकाल्दै चेल्सीले २७ खेलबाट ५६ अंक जोडेको छ । नर्विच रेलिगेशन जोनमा रहेको टोली हो ।

लीग अन्तर्गत नै उल्फ्सले वाटफोर्डमाथि ४–०, एष्टन भिल्लाले लिड्स युनाइटेडमाथि ३–० र न्यूक्यासल युनाइटेडले साउथह्याम्टनमाथि २–१ को जित निकाले ।