१६ बैशाख २०८१, आईतवार

भारतमा कारोना संक्रमण तीब्र गतिमा फैलिँदै, एकै दिन ४३ जनाको गयो ज्यान

in corona

छिमेकी देश भारतमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट एकै दिन ४३ जनाको ज्यान गएको छ ।

भारतमा कारोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको छ । आज (सोमबार) बिहानसम्मको तथ्याङ्कअनुसार त्यहाँ संक्रमितको संख्या ९ हजार २०५ पुगेको छ । संक्रमणबाट अहिलेसम्म भारतमा ३३१ जनाले ज्यान गुमाइसकेका छन् । आइतबार एकै दिन त्यहाँ ७५९ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमण बढ्दै गएपछि भारत सरकारले लकडाउनको अवधि बढाउने घोषणा गरेको छ । सम्भवतः आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणको लकडाउनको घोषणा गर्नसक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा बढ्दै गएको संक्रमणको प्रभाव नेपालमा समेत पर्न थालेको छ । वीरगञ्जमा बस्दै आएका तीन भारतीय नागरिकमा कारोना संक्रमण पुष्टि भएसँगै नेपालमा पनि त्रास बढेको छ ।

खुला सीमाका कारण भारतबाट नेपालमा संक्रमण फैलिने जोखिम बढेको स्थानीय बताउँछन् । संक्रमण फैलिने डरले सरकारले नेपाल–भारत सीमा नाकामा कडाई गर्दै गएको छ ।

दिल्लीमा थप १० क्षेत्र ‘शिल’

दिल्लीमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै थप १० क्षेत्रलाई शिल गरिएको छ ।

योसँगै दिल्लीमा शिल गरिएको क्षेत्रको संख्या ४३ पुगेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आउँदा दिनमा अरु क्षेत्रलाई पनि सिल ९कन्टेनमेन्ट० गरिने बताएका छन् ।

शिल गरिएको नयाँ क्षेत्रमा इस्ट अफ् कैलासको इ–ब्ल्कको एक लेन हो । यो बाहेक कैलाश हिल्स र गाजी भिजेलमा शेरा मोहल्ला हो । साथै अबुल फजल इन्क्लेभको दुई ठाउँ, मदनपुरा खादरमा दुई दक्षिण–पूर्वी दिल्लीको जैतपुर एक्टेन्शन क्षेत्र शिल गरिएको छ ।

दक्षिण–पश्चिमी दिल्लीमा द्वारका नजिकको महावीर इन्क्लेभलाई पनि शिल गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा संक्रमित हुनेमध्ये अधिकांश निजामुद्दिनमा गएको महिना तबलीगी जमातको आयोजनामा जोडिएका व्यक्तिहरु रहेका छन् । शिल गरिएको क्षेत्रलाई रेड जोन र उच्च खतरायुक्त क्षेत्रलाई अरेन्ज जोनमा राखिएको मुख्यमन्त्री केजरीवालले बताएका छन् ।