१५ बैशाख २०८१, शनिबार

ब्राजिलियन फुटबल स्टार नेयमारकी आमाको २२ वर्षिय युवकसँग प्रेम सम्बन्ध

neymar nadine goncalves

पिएसजीका स्टार खेलाडी नेयमारकी आमा यतिबेला प्रेम सम्बन्धका कारण चर्चामा आएकी छन् ।

ब्राजिलियन फुटबल स्टार नेयमार जुनियर गत फेब्रुअरी ५ बाट २८ वर्षमा प्रवेश गरे । फ्रान्सेली क्लब पीएसजीबाट व्यवसायीक फुटबल खेल्दै आएका नेयमारकी आमा भने २२ वर्षीय पुरुषसँग प्रेम सम्बन्धमा छिन् ।

५२ वर्षिया नेयमारकी आमा नादिन गोनकाल्भेस २२ वर्षिय एक युवकलाई डेटिङ गरिरहेकी छन् । उनले आफ्नो इन्स्टाग्राममा उक्त कुराको खुलासा गरेकी हुन् । नेयमारले पनि आफ्नो आमाको निर्णयको सम्मान गरेका छन् । उनले भनेका छन्, हामी खुसी रहनु, म तपाईलाई सधै माया गर्छु । एजेन्सी

नादिन गोन्कालेभ छोराभन्दा ६ वर्ष कान्छो उमेरको केटासँग डेटिङ गरिरहेका छन् । उक्त युवकको नाम टियागो रामोस हो । उनको पेशा गेमर तथा मोडलिङ रहेको छ । उनीसँगको प्रेमको बारेमा नेयमारकी आमा गोन्कालेभले सामाजिक संजाल इन्स्टाग्राममा रामोससँगको फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘तपाई बाँच्नुहुन्छ भने अकल्पनियन वर्णन गर्न सक्नुहुन्न…’ । उक्त पोस्टमा नेयमारले जवाफ दिँदै लेखेका छन् ‘आमा सँधै खुसी हुनुहोस्, धेरै माया ।’

View this post on Instagram

O inexplicável não se explica, se vive… ❤️

A post shared by Nadine Gonçalves (@nadine.goncalves) on