२४ बैशाख २०८१, सोमबार

नयाँ वर्षको दिन हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

IMG 9014

नयाँ वर्षको दिन आज (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय र पश्चिमी वायुको प्रभावले बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागको मौसम बदली भएको छ।

पूर्वी, मध्य तथा पश्चिमी पहाडी भूभागमा मौसम बदलीको प्रभाव अझ बढी देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उनका अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ । आजलाई भने पहाडी क्षेत्रको एक/दुई ठाउँमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि उनले बताए । तर एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्नेछ । यो प्रिमनसुन अर्थात मनसुनअघिको मौसमको विशेषता हो ।

आज दिउँसो र साँझपख देशका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानीसमेत पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।

‘मौसम बदलीको प्रभाव पूर्व र मध्य भूभागमा अली बढी छ। पश्चिमी क्षेत्रका केही ठाउँमा पनि यसको असर छ,’ अर्यालले भने, ‘मौसम बदली भएको क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षाकोसमेत सम्भावना छ। काठमाडौँ उपत्यकामा पनि आज दिउँसो र साँझपख पानी पर्न सक्छ।’

उनले मौसम बदलीको अवस्था बुधबारसम्म कामय रहने बताए। ‘बिहीबारदेखि भने मौसम सफा हुँदै जान्छ,’ अर्यालले भने।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

वैशाख १ गते (सोमबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पहाडि भूभागमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा आंशिक बदलि रहने छ।

वैशाख २ गते (मंगलबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको संम्भावना रहेको छ।

रातिः देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। मध्य र पश्चिमका पहाडी भूभागका थोरै स्थानमा र पूर्वका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

वैशाख ३ गते (बुधबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका थोरै स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको संम्भावना रहेको छ।

रातिः देशको पूर्वी, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। मध्य र पूर्वका थोरै स्थान र पश्चिमका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।