७ बैशाख २०८१, शुक्रबार

मौसम पूर्वानुमान: देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

mausam weather

आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रि मनसुन अर्थात मनसुन पूर्वको अवस्था सक्रिय हुँदा अस्ति बेलुकीदेखि नै विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद विष्णु घिमिरेका अनुसार आज विशेषगरी देशका पहाडी भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ । तराईका भूभागमा भने थोरै मात्र पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशको थोरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको केही ठाउँमा वर्षा हुने घिमिरेले जानकारी दिनुभयो ।

मनसुन पूर्वको अवस्था अझै केही दिन सक्रिय हुने भएकाले बिहान एकैछिन मौमस खुले पनि विस्तारै बादल लागेर पानी पर्ने मौसमविदले बताएका छन् ।