
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसका नेताहरुको टिप्पणीप्रति आक्रोसित भएका छन् । कतिपय कांग्रेस नेताले चुनावी तालमेलबारे दिएको टिप्पणीले प्रचण्ड आक्रोसित भउका हुन् ।
चुनावी गठबन्धन गर्ने विषयमा काँग्रेसका नेताहरुको टिप्पणीप्रति उनको आपत्ति छ । ललितपुरको गोदावरीमा बुधबार बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेसका नेताहरुले अपमान सह्य नहुने बताए ।
केही दिनअघि भएको कार्यक्रममा कांग्रेसका नेताहरुले माओवादी र एकीकृत समाजवादी पार्टीलाई चमेरोको संज्ञा दिँदै आत्तीको कानमा ओत लाग्न खोजेको आरोप लगाएका थिए ।
कांग्रेस नेताहरुको टिप्पणीप्रति आक्रोसित हुँदै प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो । त्यहीँ पार्टीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ । अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न ।’