२४ बैशाख २०८१, सोमबार

लकडाउन उल्लङ्घनको क्रम घटेको छैन, ६ सयभन्दा धेरै ‘हाेल्ड’

IMG 8601

काठमाण्डौ उपत्यकाबाट नयाँ वर्ष २०७७ को पहिलो दिन सोमबार बिहानै लकडाउन उल्लङ्घन गर्ने ६ सयभन्दा धेरैलाई प्रहरीले (होल्ड) गरेको छ ।

सोमबार बिहान ७ बजेसम्ममा काठमाण्डौ र ललितपुरबाट चार सय ५४ जना पुरुष र एक सय ६२ महिला गरी ६ सय १६ जनालाई होल्ड गरिएको प्रहरीले जनाएको छ ।

लकडाउनका बेला अत्यावश्यक बाहेक अन्य कामका लागि निस्कन नपाइने भएकाले उनीहरुलाई होल्ड गरिएको प्रहरीले जनाएको छ । सोधपुछका क्रममा अत्यावश्यक कामका लागि निस्किएको पाइए छाड्ने पनि गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट बच्न र रोकथामका लागि सरकारले देश नै लकडाउन गरेको छ । सरकारले भाइरसको सङ्क्रमणबाट बच्न लकडाउनको विकल्प नभएकोले यसलाई पूर्णरुपमा पालना गर्न आग्रह गर्दै आएको छ । यद्यपि लकडाउन उल्लङ्घनको क्रम भने घटेको छैन ।

सरकारले तेस्रो पटक मिति थप्दै लकडाउनको अवधि बढाएको हो ।