१६ चैत्र २०८०, शुक्रबार

जोगाउन खोज्दा मन्त्रीको गाडी दुर्घटना

Accident 2

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ सुगम पेट्रोल पम्प अगाडि गण्डकी प्रदेशका मन्त्रीको गाडी दुर्घटनामा परेको छ ।

तालघरेबाट दमौलीतर्फ आउँदै गरेको गण्डकी प्रदेशको उर्जामन्त्री हरिशरण आचार्यको गाडी सोमबार बिहान पेट्रोल पम्प अगाडीको पोलमा ठोक्किएको हो ।

ग १ झ ६०० नम्बरको स्कोरपियो पोलमा ठोक्किएर क्षतिग्रस्त भएको छ ।

एउटै दिशाबाट जाँदै गरेको मोटरसाइकल दायाँतर्फ जाँदै गर्दा मोटरसाइकललाई बचाउन खोज्दा स्कोरपियो दुर्घटनामा परेको हो ।

दुर्घटनामा सबै शकुसल छन् । प्रहरीले भने कुन मन्त्रीको गाडी हो भन्ने बारेमा जानकारी दिन आनाकानी गरेको छ ।