१५ बैशाख २०८१, शनिबार

अब अवरोध नगरी एमाले संसदीय प्रक्रियामा सहभागी हुन्छ: मन्त्री बडु

Dilendra Prasad Badu
फाइल फोटो

कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब संसद अवरोध नगर्ने गरी संसदीय प्रक्रियामा सहभागी हुने दाबी गर्नुभएको छ ।

महाअभियोग सिफारिस समितिमा नेकपा एमालेले चार जनाको नाम दिएर सहभागिता जनाएको र सरकारले पनि प्रतिपक्षी दलसँग संवाद अगाडी बढाएकाले आगामी बैठक अवरोध नहुने बताउनुभयो ।

कानूनमन्त्री बडूले फागुन २९ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध हटाउने गरी सरकारले संवाद गरिरहेको समेत बताउनुभयो ।