४ बैशाख २०८१, मंगलवार

आफै नवजात शिशुलाई जन्माएर हत्या गर्ने महिला पक्राउ

pakrau

चितवनमा सालनालसहितको नवजात शिशुलाई मारेर फालेको अवस्थामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

कालिका नगरपालिका १० स्थित टुँडिखेलमा फागुन १९ गते दिउँसो ४ बजेको समयमा नवजात शिशु मृत अवस्थामा फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा कालिका १० निवासी २१ वर्षीया महिला (नाम गोप्य राखिएको)ले जन्म दिई मारी फालेको खुल्न आएको हो ।

निज महिलालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।