४ बैशाख २०८१, मंगलवार

(कहाँ कुन पक्षले जिते सूचिसहित) कांग्रेस अधिवेशन: ३७ मा देउवा र ३२ मा कोइरालाको जित

deuba sekhar
फाइल फोटो

नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६८ जिल्लामा जिल्ला अधिवेशन सकेको छ । सिन्धुपाल्चोक, बारा, अछामलगायत सात जिल्लाको परिणाम आउन बाँकी छ ।

जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले जितेकासहित जोड्ने हो भने सभापति देउवा पक्षले अहिलेसम्म ३७ जिल्ला सभापति जितेका छन् ।

पछिल्लो पटक झण्डै ६ पटक सरेर बल्लबल्ल निर्वाचन भएको चितवनमा कोइराला पक्षका राजेश्वर खनाल सभापतिमा निर्वाचित भएका छन् ।

दोस्रोपटक निर्वाचन हुन लागेको चितवनमा देउवा पक्षको मिलबाबु श्रेष्ठले सभापतिका प्रत्यासी कसैको पनि साथ पाउन नसकेपछि खनाललाई नै समर्थन गरेका थिए । जिल्लामा अन्य पदाधिकारीहरुको मत गणना सुरु भएको छ ।

सिटौलाले महाधिवेशनमा सभापति पदमा देउवालाई सघाएका थिए । साथै वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शेखर कोइराला पक्षले चितवनसहित ३१ जिल्ला सभापति जितेका छन् । यसपालि महाधिवेशनमा पौडेल भने ’मौन’ बसेका थिए ।

कांग्रेस मंसिरमा भएको १४ औं महाधिवेशन अघि संस्थापन (देउवा पक्ष) र संस्थापनइतर (रामचन्द्र पौडेल) र (कृष्णप्रसाद सिटौला) पक्षबाट जिल्ला सभापतिमा प्रतिस्पर्धा हुने गरेको थियो ।

महाधिवेशनमा केन्द्रीय सभापतिमा देउवा र कोइराला भिडेपछि त्यसपछि भएका जिल्ला अधिवेशनमा प्रायः देउवा र कोइराला पक्षबाट उम्मेदवार उठेका छन् । १६ जिल्ला अधिवेशन गर्न बाँकी राखेर कांग्रेसले केन्द्रीय महाधिवेशन गरेको थियो।

हिजोआज बाँकी रहेका जिल्ला अधिवेशन भइरहेका छन् । सिन्धुलीमा देउवा र कोइराला पक्षले उठाएका सभापतिका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र ढंगले उठेका उपेन्द्र पोखरेल जिल्ला सभापति बनेका थिए।

पोखरेल शेखर र सिटौलानिकट मानिन्छन् । तर यसपालि उनले कोइराला पक्षबाट सभापति पदमा उठ्न टिकट पाएका थिएनन्।

कहाँ कुन पक्षले जिते सूचिसहित:

शेरबहादुर देउवा पक्षले जितेका जिल्ला र सभापतिः

  • लमजुङ, सभापति टकराज गुरूङ
  • सल्यान, सभापति केशवबहादुर विष्ट
  • डोल्पा, सभापति दीपेन्द्रबहादुर शाही
  • डडेल्धुरा, सभापति भीमबहादुर साउद
  • म्याग्दी, सभापति खमबहादुर गर्बुजा
  • ताप्लेजुङ, सभापति गजेन्द्रप्रसाद तुम्याहाङ
  • मुगु, सभापति ऐनबहादुर शाही
  • पाँचथर, सभापति रूपनारायण जवेगु
  • मनाङ, सभापति शंकर गुरूङ देउवा
  • हुम्ला, सभापति मोहनविक्रम सिंह
  • बझाङ, सभापति खड्क बोहरा
  • रामेछाप, सभापति पूर्णबहादुर (कान्छाराम) तामाङ
  • जुम्ला, सभापति कर्णबहादुर शाही
  • जाजरकोट, सभापति बेदराज सिंह
  • डोटी, सभापति नरेन्द्रबहादुर सिंह
  • रूकुम पश्चिम, सभापति प्रेमप्रकाश वली
  • ओखलढुंगा, सभापति तेजेन्द्र खनाल
  • झापा, सभापति देउमान थेबे
  • बागलुङ, सभापति जित शेरचन
  • पर्वत, सभापति युवराज जोशी
  • इलाम, सभापति डम्बरबहादुर खड्का
  • सुर्खेत, सभापति खड्ग पोखरेल
  • रूपन्देही, सभापति रामकृष्ण खाण
  • कास्की, सभापति किशोरदत्त बराल
  • काभ्रे, सभापति तीर्थ लामा
  • तनहुँ, सभापति जितप्रकाश आले
  • ललितपुर, सभापति जितेन्द्रकुमार श्रेष्ठ
  • कञ्चनपुर, सभापति पदम बोगटी
  • उदयपुर, सभापति हिमाल कार्की
  • भक्तपुर, सभापति दुर्लभ थापा
  • बर्दिया, सभापति अरूणप्रकाश सिंह राठौर
  • सोलुखुम्बु, सभापति नाम्गेल जाङ्बु शेर्पा
  • रसुवा, सभापति पेम्वाछिरिङ तामाङ
  • धनकुटा, सभापति दिनेश राई
  • कैलाली, सभापति नारायणदत्त भट्ट
  • मकवानपुर, सभापति बुद्ध लामा
  • पर्सा, सभापति जनार्दनसिंह क्षेत्री

शेखर कोइराला पक्षले जितेका जिल्ला र सभापतिः

  • अर्घाखाँची, सभापति केशव श्रेष्ठ
  • रोल्पा, सभापति किशोर आचार्य
  • बैतडी, सभापति चतुरबहादुर चन्द
  • दोलखा, सभापति बर्मा लामा
  • गोरखा, सभापति नन्दप्रसाद न्यौपाने
  • कालिकोट, सभापति अम्बबहादुर शाही
  • संखुवासभा, सभापति दीपक खड्का
  • रूकुमपूर्व, सभापति केशरमान रोका
  • मुस्ताङ, सभापति रोमीगौचन थकाली
  • भोजपुर, सभापति विनोद वान्तवा
  • बाजुरा, सभापति रामसिंह रावल
  • तेह्रथुम, सभापति अर्जुन तुम्बाहाम्फे
  • नवलपरासी पश्चिम, सभापति अर्जुनकुमार पोखरेल
  • पाल्पा, सभापति हिमालदत्त श्रेष्ठ
  • स्याङ्जा, सभापति राजु थापा
  • खोटाङ, सभापति विष्णुकुमार राई
  • दार्चुला, सभापति ललितसिंह बोहरा
  • नुवाकोट, सभापति रमेश महत
  • दाङ, सभापति शंकरप्रसाद डाँगी
  • दैलेख, सभापति मणिराम रेग्मी
  • गुल्मी, सभापति खिलध्वज पन्थी
  • काठमाडौं, सभापति कृष्णसबुज बानियाँ
  • धादिङ, सभापति रामनाथ अधिकारी
  • सुनसरी, सभापति केदार भण्डारी
  • कपिलबस्तु, सभापति अब्दुल कलाम खाँ
  • मोरङ, सभापति डिगबहादुर लिम्बू
  • चितवन, सभापति राजेश्वर खनाल
  • बाँके, सभापति नारायण गौडेल
  • नवलपुर, सभापति महेन्द्रध्वज जिसी
  • महोत्तरी, सभापति नागेश्वर यादव
  • सिन्धुली, सभापति उपेन्द्र पोखरेल
  • प्युठान, सभापति विष्णुकुमार गिरी