
फाइल फोटो
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्याख्यात्मक घोषणा गरेर एमसिसी संशोधन गरेको हो भन्ने जस्तो गरी भ्रम सृजना गर्न खोजिएको बताउनुभएको छ ।
प्रेस चौतारी कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले व्याख्यात्मक घोषणा भनेको एमसिसीको संशोधन होइन, त्यो सम्झौतामा भएका बुँदाहरूको व्याख्या गरेको हो भन्नुभयो ।
सञ्चारकर्मीको जिज्ञासामा महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने गरी प्रतिनिधिसभाको अर्ली ईलेक्सनमा जान एमाले तयार रहेको बताउनुभयो ।
उहाँले देशको विकास र समृद्धिका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।