१३ बैशाख २०८१, बिहीबार

विभाजित हुने संघारमा माओवादी

narayan kaji prachanda

नेकपा माओवादी केन्द्र विभाजित हुने निश्चितप्रायः भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर जान नसकिने निष्कर्ष निकालेपछि विभाजनको सम्भावना बढेको हो ।

एमसीसी १५ फागुनमा सदनबाट अनुमोदन भएपछि माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, अञ्जना विशंखेलगायतले फरक मोर्चा बनाएका छन् । उनीहरुले छुट्टै बैठक बसेर प्रचण्डले पार्टी निर्णयविरुद्ध गएर एमसीसी अनुमोदन गरेको भन्दै सँगै रहन नसकिने निष्कर्ष निकालेका छन् ।

माओवादीका श्रेष्ठनिकट एक नेताका अनुसार अब मिलेर बस्न नसकिने निष्कर्ष निकालिएको छ । प्रचण्डले पार्टी, देश र जनतालाई धोका दिएको भन्दै श्रेष्ठ समूहले नयाँ ढंगले बढ्ने निष्कर्ष समेत निकालेको छ ।

नारायणकाजी श्रेष्ठले अलग मोर्चा कस्न थालेको सूचनाका आधारमा खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले विगतमा बामदेव गौतमले महाकाली सन्धीको विरोध गरेर जाँदा सुन्यमा झरेको उदाहरण दिएका थिए । उनले नारायणकाजी श्रेष्ठको नामै तोकेर आफ्नो बाटोमा लाग्न सक्ने भनेका थिए । त्यसप्रति श्रेष्ठ समूह गम्भीर भएको थियो ।

एमसीसीको विपक्षमा सदनमा गिरिराजमणि पोखरेल, अञ्जना विशंखेलगायत पूर्व एकता केन्द्रबाट माओवादीमा जोडिएकाहरु देखिएका थिए ।

यसैगरी, श्रेष्ठले एमसीसी विरोधी कम्युनिस्ट शक्तिहरुसँग छलफल बढाउन थालेका छन् । उनले विप्लवलाई भेटिसकेका छन् ।