१२ बैशाख २०८१, बुधबार

पहिले प्रचण्डलाई भोट माग्दै हिँडेका बाम बुद्धिजिवी रिमाल भन्छन्, अब प्रचण्डलाई धुलो चटाउनुपर्छ

premrimal2

बाम बुद्धिजिवी प्रेम रिमालले आगामी निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड र प्रचण्डका तर्फबाट उम्मेद्वार बन्ने जो कोसैलाई मतदान गर्नु भनेको जन्मभूमिमाथि भएको बलात्कारमा सहभागी हुनु सरह भएको बताए छन् ।

माओवादीको समर्थनमा संसदबाट एमसीसी अनुमोद भएपछि रिमालले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘प्रचण्डभन्दा त लिङ्देल धेरै ठीक राष्ट्रियताको सवालमा ।

अमेरिकाले मार्छ कि भनेर आत्महत्या गर्ने हो त ? हजारौं जनताका छोराछोरी तिम्रो आह्वानमा मारिन हुने तिमीहरूलाई मृत्यु त्यति भयानक ? अझ गोञ्जालोको फोटो राख्छौ तिम्रो खोरमा ! छि :

‘मैले पनि अघिल्लो चुनावमा प्रचण्डलाई मत मागेर हिँडेको थिएँ । त्यो बेठीक थिएन, तर अहिले आएर प्रचण्डबाट जुन गद्दारी भयो, म क्षमा चाहन्छु । अब यस्ता राष्ट्रघातीहरूलाई धुलो चटाउनु पर्छ’ उनले लेखेका छन् ।

उनले थपेका छन् ‘सायद यिनी अब चुनावमा नउठ्लान् पनि ! गठबन्धनको बैशाखी टेकेर आउलान् ठीकै छ ।’

रिमाल केही महिना अघिसम्म प्रचण्डको प्रसंशक र समर्थक थिए । रिमालले माओवादी केन्द्र परित्याग घोषणा गरेपछि प्रचण्डको चर्काे आलोचना गर्दै आएका छन् ।

रिमालले यस अघिको प्रतिनिधि सभा निर्वाचनमा चितवनका क्षेत्र नम्बर ३ मा प्रचण्ड जिताउ अभियानको नेतृत्व गरेर चुनाव प्रचारप्रसारमा समेत खटिएका थिए ।

Capture