१५ बैशाख २०८१, शनिबार

राजनीतिक अन्यौलकाे निकास दिइएको छ : प्रचण्ड

prachanda 1

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रतनिधिसभा संसदबाट अनुमोदन भएसँगै राष्ट्रिय राजनीति र खासगरी गठबन्धनमा देखिएको अन्यौल अन्त्य भएको बताउनुभएको छ ।

राजनीतिक समीकरण नयाँ ढंगबाट अघि बढ्ला कि भन्ने अवस्थामा अब गठबन्धन कायमै रहने एवम् सरकार सञ्चालन हुने उहाँले भन्नुभएको छ । ‘राजनीतिक अन्यौलकाे निकास दिइएको छ ।

सरकार बच्ला वा नबच्ला वा अर्को समीकरण बन्ने हो कि भन्ने अवस्था थियो । ती सबै अन्यौलताको अन्त्य भयो र गठबन्धन कायम रहन्छ ।’, उहाँले बताउनुभयो ।

खुमलटारस्थित माओवादी केन्द्रीय कार्यालयमा एक पत्रकार सम्मेलनमार्फत उहाँले विगतमा नेकपाको सरकारमा पनि एमसीसीबारे निकास दिन खोजिएको विषय प्रष्ट पार्नुभयो ।

‘पछिल्लो पटक नेकपाकै सरकार भएको बेलामा यो विषय विवादित थियो । नेकपाको अध्यक्षको हैसियतले केन्द्रीय कमिटीमा गहिरो अध्ययनसहित यसलाई निष्कर्शमा पुग्न उचित हुन्छ र यथास्थितिमा पास गर्दा राष्ट्रघात हुन्छ भन्ने भयो ।’, यसैका लागि झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवालीसहितका नेताहरुको कार्यदल बनाइएको उहाँले स्मरण गराउनुभयो ।

त्यो बेला नै एमसीसीमा निकासका लागि ‘संकल्प प्रस्ताव’ आफैंले अगाडि बढाएको तर वर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली सहमत हुनु नभएको उहाँले भन्नुभयो ।

संसदमा कुनै प्रस्ताव लगेर एमसीसीमा समाधान निकाल्न तात्कालीन अवस्थमा प्रतिपक्षी दलमा रहेको हैसियतले हालका प्रधनमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको उहाँले खुलाउनुभयो ।