१३ बैशाख २०८१, बिहीबार

असहमति जनाउँदै जनमोर्चाद्वारा सत्ता गठबन्धनबाट अलग्गिएको घोषणा

chitra badhur kc
फाइल फोटो

राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।

राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

सोमबार राष्ट्रिय जनमोर्चाको बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।