८ बैशाख २०८१, शनिबार

व्याख्यात्मक घोषणासहित संसदबाट एमसीसी अनुमोदन गर्ने माओवादीको निर्णय

prachanda maobadi perisdanda

नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटी सदस्य सम्मिलित केन्द्रीय कार्यालयको विस्तारित वैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार जानुभएको छ ।