१६ चैत्र २०८०, शुक्रबार

अभिनेता पल शाहले आत्मसमपर्ण गर्दै

paul shah

फरार रहेको भनिएका अभिनेता पल शाहले आत्मसमपर्ण गर्ने भएका छन् ।

उनले यो कुरा सामाजिक सञ्जाल फेशबुकमा स्टाटस् लेख्दै जानकारी दिएका हुन् ।

मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद