१५ चैत्र २०८०, बिहीबार

कोरोना भाइरसबाट विश्वका झन्डै आधा संक्रमित अमेरिकामै, एकैदिन १९०० को मृत्यु

corona

सारा विश्वका लागि स्वास्थ्य क्षेत्रको ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ९५ हजार ७३१ जनाको ज्यान गएको छ भने विश्वभर यो समाचार तयार पार्दासम्म १६ लाख २ हजार ७५१ जनामा यसको संक्रमण देखिएको छ ।

त्यस्तै ३ लाख ५६ हजार ६५६ जना किो भएर घर फर्किएका छन् । त्यस्तै अत्याधिक प्रभावित देश अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण १६ हजार ६९७ जनाको मृत्यु भएको छ भने ४ लाख ६८ हजार ५६६ जनामा संक्रमण देखिएको छ ।

अमेरिकामा १० हजार ११ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । त्यस्तै अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म ७ हजार ६७ जनाको ज्यान गएको छ भने त्यहाँ मात्रै १ लाख ६१ हजार ५०४ जनामा संक्रमण रहेको छ ।

त्यस्तै न्युजर्सीमा मृतकको संख्या ५१ हजार २७ जनामा संक्रमण रहेको छ भने १७०० जनाले ज्यान गुमाएका छन् । त्यस्तै मिशिगनमा अहिलेसम्म १ हजार ७६ जनाले ज्यान गुमाएका छन् भने २१ हजार ५०४ जनामा संक्रमण फैलिएको छ ।

त्यस्तै क्यालिफोर्नियामा अहिलेसम्म १९ हजार ९७१ जनामा संक्रमण फैलिएको छ भने ५५९ जनाले ज्यान गुमाएका छन् ।

बिहीवार मात्रै अमेरिकामा ३३ हजार ५३६ जनामा संक्रमण फैलिएको छ भने बिहीवार नै अमेरिकामा १९०० जनाले ज्यान गुमाएका छन् ।