६ बैशाख २०८१, बिहीबार

कारोनाका कारण विश्वव्यापी असर सयौं खेल रद्द र स्थगित (सूचीसहित)

Corona Sports

कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी असर अन्य थुप्रै क्षेत्रहरुजस्तै खेलकुदमा पनि परेको छ। कतिपय खेल बन्द रंगशालामा खेलाइएका छन्, कतिपय अर्को मितिमा गर्ने गरी स्थगित गरिएका छन् भने कतिपय खेल रद्द नै गरिएको छ।

कोरोनाको असर कुन खेलमा कस्तो पर्यो त रु हेरौं, बीबीसीले तयार गरेको सूची

अप्रिल ८
एथ्लेटिक्स – टोकियो ओलम्पिक सरेपछि विश्व एथ्लेटिक्स च्याम्पियनशिप २०२२ पनि एक वर्ष पछि धकेलिएको थियो। यसलाई अझैं तीन हप्ता पछि सारिएको छ।
७ अप्रिल
फर्मुला १ – मोन्टेरियलमा १४ जुनबाट सुरु हुने क्यानाडियन ग्राण्ड प्रिक्स स्थगित। यो स्थगित भएको नवौं रेस हो।
घोडा दौड – ६ जुनमा हुने तय भएको सिजनको पहिलो चार क्लासिक खेल स्थगित। रोयल एस्कोटको आयोजकले बोलाएको मिटिङ पनि नहुने।
ओलम्पिक – टोकियो २०२० को आयोजकले ओलम्पिक ज्वाला देखाउन बन्द गरेको छ।
टेबल टेनिस – अन्तर्राष्ट्रिय टेबल टेनिस फेडेरेसनले विश्व च्याम्पियनशिपको नयाँ मिति ९२७ सेप्टेम्बरबाट ४ अक्टोबर २०२२० घोषणा।
६ अप्रिल
फुटबल – जर्मनी क्लब बायर्नले केही खेलाडी भेला गरेर ट्रेनिङ थालेको। कोरोनाका कारण खेल ३० अप्रिलसम्म स्थगित लिगमा उसले पहिलो पटक ट्रेनिङ थलेको थियो। समर ट्रान्सफर विन्डो सारिएको छ र सबै खेलाडीका सम्झौता जुन अन्तिम भन्दा पनि पछिसम्म रहने छ।
गल्फ – १६ बाट १९ जुलाईसम्म हुने १४९औं ओपन च्याम्पियनसिप रद्द। अप्रिलमा हुने भनिएको मास्टर्स अब नहुने भएको छ। यसको नयाँ मिति १२–१९ नोभेम्बर तोकिएको छ।
यूएस ओपनको पनि नयाँ मिति तय गरिएको छ। यूएस ओपन अब १७–२० जुलाईमा हुने छ।
५ अप्रिल
फुटबल – यूइएफए अध्यक्ष अलेक्जेन्डर केफरिनले सेप्टेम्बरमा पनि कोरोनाको जोखिम कम नभएमा यो सिजनको च्याम्पियन्स लिग र युरोपा लिग स्थगित हुने बताएका छन्।
३ अप्रिल
बक्सिङ – २० जुनमा हुने भनिएको एन्थोनी जोसुवाको कुब्रात प्युलेभविरुद्धको विश्व टाइटल डिफेन्स स्थगित।
क्रिकेट – न्युजिल्यान्डको महिला त्रिकेट टोलीको श्रीलंका भ्रमण रद्द।
सइक्लिङ – जुन ४–१४ मा हुने दी टूर डि सुस्से रद्द।
गल्फ – कोरोनाको जोखिम कम नभएसम्म एलपीजीएको कुनै भ्रमण नगरिने।
फुटबल – सुरक्षित अवस्था नआउन्जेलसम्म प्रिमियर लिग नगर्न लिगद्वारा स्वीकार।
टेनिस – कोरोना प्रभावित टेनिस भेन्यू, खेलाडी, प्रशिक्षक र अफिसियललाई २० मिलियन पाउन्डको प्याकेज एलटीएद्वारा घोषणा।
२ अप्रिल
फुटबल – बेल्जियन प्रो लिग रद्द। कोरोनाका कारण रद्द भएको यूरोपको पहिलो लिग हो बेल्जियन प्रो लिग। जसमा क्लब बर्गलाई विजेता बनाइएको छ।
गल्फ – ओपनका आयोजना स्थगन गर्न प्रस्ताव।
घोडा दौड – ब्रिटिस जम्प रेसिङ जुलाईसम्म स्थगित।
रुग्बी युनियन – प्रिमियरसिपमा न्युक्यास्टल फल्कोनको प्रोमोसन पक्का।
१ अप्रिल
बेसबल – मेजर लिग बेसबल रद्द। सेन्ट लुइस र सिकागो क्युबबीचको लन्डन सिरिज १३–१४ जुनमा लन्डनमा हुने।
फुटबल – सबै च्याम्पियन्स लिग र युरोपा लिगका खेल अर्को सूचना नआएसम्मका लागि स्थगित। यूइएफएले जुनसम्मका सबै अन्तर्राष्ट्रिय खेल स्थगित गरको थियो। मार्सेल्लीज सेनेगलका पूर्व अध्यक्ष पापे डिअउफको ६८ वर्षको उमेरमा निधन।
फर्मुला १ – ब्रिटिस ग्राण्ड प्रिक्सबारे अप्रिल अन्तसम्मा मात्र निर्णय लिने घोषणा।
टेनिस – दोस्रो विश्वकपपछि पहिलोपटक बिम्बल्डन प्रतियोगिता रद्द। यो प्रगियोगिता आगामी जुन २९ बाट १२ जुलाई सम्म हुने तय थियो।
३१ मार्च
फुटबल – इंग्ल्यान्डको नेसनल लिगका तीन डिभिजन अनिश्चितकालका लागि स्थगित।
स्नुकर – जुनमा हुने महिला विश्व च्याम्पियनसिप वर्षको अन्तिमसम्म स्थगित।
३० मार्च
बक्सिङ – डिलियन ह्वातीको रसियन एलेक्जेन्डर पोभेत्किविरुद्धको हेभिवेट फाइट जुलाइमा सर्यो। ब्रिटिस बक्सिङबोर्ड अफ कन्ट्रोलद्वारा मे अन्तिमसम्म सबै प्रतियोगिता स्थगित।
फुटबल – टोटेनहमले आफ्नो स्टेडियम कोरोनाभाइरसको उपचारका लागि उपलब्ध गराएको थियो।
गल्फ – मे २८ बाट ३१ सम्म हुने आइरिस ओपन स्थगित।
ओलम्पिक – टोकियो ओलम्पिक २३ जुलाई बाट ८ अगस्टसम्म २०२१ मा हुने घोषणा।
पारालम्पिक – २५ अगष्ट २०२० बाट सुरु हुने तय भएको पारालम्पिक एक वर्ष पछि सरेर अब २४ अगस्ट बाट ५ सेप्टेम्बर २०२१ मा हुने छ।
२९ मार्च
बास्केटबल – न्यु योर्क निकको अध्यक्ष जेम्स डोलानलाई कोरोनाको संक्रमण।
फुटबल – टिर्कीका शीर्ष खेलाडी एवम्र पूर्व गोलकिपर रुस्तू रेक्बेर पनि कोरोनाको संक्रमणमा।
२८ मार्च
फुटबल – युभेन्टसका खेलाडी र प्रशिक्षक माओरिन्हो सारी चार महिनाको तलब काट्न सहमत। यसले क्लबको ९० मिलियन यूरो बचाएको अनुमान गरिएको छ। म्यान्चेस्टर सिटीले इथायड स्टेडियम राष्ट्रिय स्वाथ्य सेवालाई प्रयोग गर्न दिइएको।
२७ मार्च
अमेरिकन फुटबल – एनएफएल ड्र तोकिएको मितिमै हुने। यो २३–२५ अप्रिलमा हुने तय भएको थियो। तर यसमा खेलाडी, दर्शक र मिडिया हुने छैनन््।
एथ्लेटिक्स – डाइमन्ड लिगको स्टकहोल्ममा सम्पन्न मिटिङबाट नेपल्स र राब्याटमा हुने खेल स्थगित।
बास्केटबल – खेलाडी डोनोभल मिचेल र रुडी गोबर्टलाई कोरोना संक्रमण पुष्टी।
गल्फ – महिलाको पांच खेलमध्ये एक ‘द इभियन च्याम्पियनसिप’ टोकियो ओलम्पिक २०२०ले खाली गरेको समयमा हुने।
२६ मार्च
अपांग खेल – २ बाट ७ जुनसम्म हुने भनिएको विश्व पारा एथ्लेटिक्स युरोपिन च्याम्पियनसिप २०२० स्थगित। प्रतियोगिता पोल्यान्डमा आयोजना गरिएको थियो।
फुटबल – एफएद्वारा तेस्रो डिभिजन मुनी रहेको सबै लिग स्थगित गर्न निर्देशन। उसले ती लिगमा कुनै प्रोमोसन र रेलिगेशन नहुने पनि बताएको छ।
मोटरस्पोटर्स – यूएसको महत्वपूर्ण खेल द इन्डी ५०० स्थगित। स्पेनिस ग्राण्ड प्रिक्स स्थगित।
२५ मार्च
डाइभिङ – २०२० को फिना डाइभिङ विश्व सिरिजको ब्रिटिस स्विमिङ रद्द।
फुटबल – जापानको जे लिग मेसम्म लम्ब्याइयो। ओल्ड ट्राफोर्डमा हुने भनिएको युनिसेफको सकरको उपचारको रकम उठाउने काम स्थगित।
२४ मार्च
साइक्लिङ – ६–७ जुनमा हुने पाचौं चरणको माउन्टेन बाइक विश्वकप रद्द।
अपांग खेल – टोकियोमा हुने पारालम्पिक खेल एक वषृका लागि स्थगित। अब २०२१को २५ अगस्टमा सुरु हुने।
गल्फ – इंग्ल्यान्ड र वेल्सको गल्फ कोर्स स्थगित।
ओलम्पिक – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापानी सरकारले टोकियोद्वारा आलम्पिक २०२० एक वर्ष स्थगित गरिएको प्रतियोगिता २५ जुुलाईबाट गर्ने घोषणा।
रुग्बी – च्याम्पियन्स कप र च्यालेन्ज कपको सेमीफाइनल र फाइनल स्थगित।
२३ मार्च
बक्सिङ – अप्रिल अन्तिमसम्मको लागि ब्रिटिस बोर्ड अफ कन्ट्रोलद्वारा सबै बक्सिङ स्थगित।
फुटबल – ला लिगासहित स्पेनका सबै खेल अनिश्चितकालका लागि स्थगित। आइसिस फुटबल एसोसिएसनले उत्तरी आयरल्यान्डमा फुटबल खेल ३० अप्रिलसम्म स्थगित गरको थियो। यूईएफएद्वारा च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल स्थगित।
फर्मुला १– अजरबैजानमा हुने भनिएको ग्राण्ड प्रिक्स स्गथित। यो आउंलो ७ मे बाट सुरु हुने तय थियो।
रुग्बी – अष्ट्रेलियको नेशनल रुग्बी लिग स्थगित।
२२ मार्च
फुटबल –म्यान्चेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मारोउयानी फेलैनीमा कोरोनाको संक्रमण।
ओलम्पिक – आयोजनाको निर्णय गर्न अन्तराष्ट्रिय ओलम्पिक कमिटीले आफैंलाई चार हप्ताको समय दिएको थियो।
२१ मार्च
क्रिकेट – इंग्ल्याण्डमा हुने भनिएको आयरल्यान्ड र बंगलादेशबीचको ७ दिने खेल स्थगित।
फुटबल – साउथह्याम्टनको मुख्य कार्यकारी मार्टिन सेम्मेनस्ले भाइरेको संक्रमण नहटी खेलमा फर्कन सकिने बताएका थिए। रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जोको कोरोनाभाइरसका कारण मृत्यु। युभेन्टस र अर्जेन्टिनाका फरवार्ड पाउलो ड्याबलामा कोरोना भएको पुष्टी।
फर्मुला १ – विश्व च्याम्पियन लेविस हेमिल्टनले कोरोना संक्रमणका कारण आफू सेल्फ आइसोलेसनमा भएको बताएका थिए।
ओलम्पिक – यूएसए ट्रेक र फिल्ड, एथ्लेटिक्सको यूएसको निकायले टोकियो आलम्कि सार्न सुझा दिएको थियो। ब्राजियलयन ओलम्पिक कमिटीलेपनि यो वर्षको ओलम्पिक नगराउन सुझाव दिएको थियो।
२० मार्च
अक्वाटिक – युरोपियन अक्वाटिक च्याम्पियनसिप स्थगित।
क्रिकेट – ईसीबीद्वारा देशको क्रिकेट सिजन ढिलो सुरु हुने घोषणा।
रुग्बी युनियन – वेल्स रुग्बी युनियनले सबै लिग र कप प्रतियोगिता रद्द गरको थियो। आरएफयूले प्रिमियरसिम मुनिका सबै लिग स्थगित गर्न निर्देशन दिएको।
१९ मार्च
फुटबल – अप्रिल ३० सम्म इंग्लिस फुटबल स्थगित। बोरुसिया मोन्चेङग्ल्यान्डबीचको खेलाडी र प्रशिक्षकले पैसा काट्न सहमत। नाइजेरियाको फुटबल फेडेरेसनले आफ्नो सबै फुटबल खेलमा प्रबिन्ध लगाएको।
मेजर लिग सकर स्थगन १० मे सम्म बढाइएको। टुर्किस सुपर लिग स्थगित। यो स्थगन हुने अन्तिम युरोपिन लिग थियो।
फर्मुला १ – मोनाको ग्राण्ड प्रिक्स रद्द। र डचर स्पेनिस ग्राण्ड प्रिक्स पनि स्थगित।
१८ मार्च
एथ्लेटिक्स – यूकेका ६७५ सबै युके पर्करुन प्रतियोगिता स्थगन गरिएको थियो।
क्रिकेट – ईसीबीले सबै फर्मका क्रिकेट स्थगन गर्न निर्देशन्।
फुटबल – एसिया फुटबल फेडेरेसनले एएफसी कप टुर्नामेन्ट र दोस्रो टायरकाको क्लब प्रतियोगिता स्थगित गरेको थियो। लालिगा क्लब डिपोर्टिभो अल्बेजले १५ कर्मचारीसहित तीन खेलाडीलाई कोरोना लागेको बताएको थियो।
जिमन्यास्टिक – कलात्मक जिमन्यास्टिकका खेलाडीको टोकियोमा हुने भनिएको अलराउन्ड विश्वकप इभेन्ट रद्द।
घोडा दौड – बन्द ढोकाभित्र आयरल्यान्डमा दौड सम्पन्न।
मोटर्सपार्ट – २४ घण्टे द लि मान्स स्थगित। द इन्डी ग्राण्ड प्रिक्स पनि स्थगित।
टेनिस – ७ जुनसम्म एटीपी र डब्लूटीएद्वारा सबै खेल स्थगित।
ट्रायाथलन – ब्रिटिस ट्रायाथलनले जुन ६–७ मा हुने लिड्न ट्रायाथलन स्थगित गरिएको घोषणा।
१७ मार्च
एथ्लेटिक्स – कतार मा चीनमा आयोजित तीन भेट डाइमन्ड लिगद्वारा स्थगित। एथ्लेटिक्सका क्लब प्रशिक्षण सिजन, घटना, प्रतियोगिता, क्लब कमिटी र फेस टू फेस बैठक, एथ्लेटिक्स क्याम्प, रनिङ स्थगित।
क्रिकेट – इंग्ल्यान्ड क्रिकेटर एलेक्स हालेस सेल्फ आइसोलेसनमा। सेमीफाइनलको दिन पाकिस्तानको सुपर लिग स्थगित।
फुटबल – यूरो २०२० एक वर्ष स्थगित। टोकियो ओलम्पिकका लागि क्यामरुन र चिलीको दुई लिग प्ले अफ खेल स्थगित। अफ्रिका नेसन्स च्याम्पियनसिप स्थगित।
जिमन्यास्टिक – पेरिसमा अप्रिलको अन्तिममा आयोजना गरिएको महिलाको युरोपिन च्याम्पियनसिप र बाकुमा हुने पुरुषको प्रतियोगिता स्थगित।
टेनिस – फ्रेन्च ओपन सेप्टेम्बरसम्म स्थगित। एजेन्सी

    सम्बन्धित समाचार...